नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1544 · वि.सं. २०३९
नि.नं. 1544 — उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गावाला तर्फबाट भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुसार पत्नी छोरा मध्येमा एकजनालाई रोजे पछि मात्र मोहियानी हक प्राप्त हुन्छ । त्यस्तो मञ्जुरी छ भनी निवेदकले देखाउन सकेको छैन । बरु ०३७।१२।१३ को विपक्षी कार्यालयको निर्णयलाई बदर गर्ने ठहराएको ०३८।३।२१।१ को निर्णय बदर हुनु पर्ने भनी प्रस्तुत निवेदनमा दावी गरेको छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयको जस्तो हालत हुन्छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयलाई बदर गराउन निमित्त रिटको निवेदन दर्ता गर्ने यी निवेदकले आफ्नो अधिकार देखाउन पर्ने, मोहियानीहकको अधिकार छ भनी देखाउन जग्गाधनीको स्वीकृति लिएको हुनुपर्यो । ०३७।१२।१३ को निर्णय बदर भई रहेको अवस्थामा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1544 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2039/03/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1544 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
