नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1546 · वि.सं. २०३९
नि.नं. 1546 — उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै पनि पक्षको हितमा असर पर्ने गरी कुनै निर्णय गर्दा निजलाई आफ्नो कुरा भन्न पाउने मौका कानूनले प्रदान गरेकोमा आफ्ना कुरा भन्न पाउने समयावधी बाँकी छँदै निर्णय गर्नु कानून विपरीत हुन जान्छ भन्ने कुरा कुनै पनि न्यायको आसनमा बस्ने व्यक्तिमा हुनु पर्ने सामान्य ज्ञानको कुरा हो । प्रस्तुत मुद्दाको निर्णयबाट सो ज्ञानको सहारा लिएको भन्न सकिने स्थिति छैन जसले गर्दा प्रतिवादी नपर्दै मुद्दाको निर्णय हुन गयो जसलाई कानूनको प्रत्यक्ष त्रुटि गरेको भन्नु पर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1546 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2039/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1546 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
