उत्प्रेषण
(१) झूठ्ठो जानकारीको आधारमा भएको मं.प.को ०४०।१२।१५ को निर्णय तथा तत्सम्बन्धी कारवाहीहरू कानुनसंगत नभई त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२५ / ४४०
(१) झूठ्ठो जानकारीको आधारमा भएको मं.प.को ०४०।१२।१५ को निर्णय तथा तत्सम्बन्धी कारवाहीहरू कानुनसंगत नभई त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) जग्गामा सुखाजर्ता भए नभएको सम्बन्धमा प्रत्यक्ष प्रमाण नबुझी मालपोत मिन्हा नभएको भन्ने बुझिएको भनी असम्बद्ध प्रमाण लगाई सालसालै बाली नबुझाउने मोहिलाई संरक्षण दिन कानुनी मर्यादा विपरीत हुने भनी मोही निष्कासन हुने ठहर्याएको निर्णय प्रमाण सम्बन्धी कानुन तथा प…
नजिर सार पढ्नुहोस् →(१) वादीले राजीनामा गराउँदा ज.ध.प्र.पूर्जा अथवा जग्गाको मालपोत तिरेको रसीद प्रतिवादीबाट लिएको हुनुपर्नेमा सो भएको फिरादबाट देखिएको छैन । लिखत पारीत हुन सक्ने भएन तर त्यस्तो रीत नपुगेको लिखतलाई सद्देकीर्ते भनी इन्साफ गरिरहनु परेन । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) आफ्नो एउटै कार्यालयमा एउटै जग्गा देखाई पहिले परेको निवेदनमा कुनै निर्णय नदिई पछि परेको निवेदनबाट पहिले निवेदन गर्ने निवेदकहरूलाई कुनै जानकारीसम्म पनि नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी गरेको प्रष्ट देखिने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) वादीको जग्गाको चार किल्ला भई आएको नक्शासँग मिल्न भिड्न आएकोले उक्त वादीले दावी गरेको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्याएको म.क्षे.अ.को निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । (प्र.नं.१३)
नजिर सार पढ्नुहोस् →(१) आफ्नो हक हुने सम्पत्तिमा समय समयमा कानुन बमोजिम उजूर नगर्दैमा त्यसको आधारमा हकदार होइन भन्न कानुनले मिल्ने नदेखिने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) केबल बाली बुझेको भर्पाईको एक्लो प्रमाण मात्रलाई मोहियानीको आधार मान्न मिल्ने स्थितिको देखिँदैन । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) निर्णय गर्दा भावनामा अडेर होइन कानुनको आधारमा हुन पर्ने । (प्रकरण नं. २२) (२) अकाट्य प्रमाण वादीले पेश गर्न सक्नु पर्ने, प्रस्तुत विवादमा त्यस्तो कुनै किसिमको कुनै दसि सबूद प्रमाण भनाई समेत पाइएको छैन । केवल जाहेरीको भनाईलाई मात्र प्रमाण आधार बनाउन मिल्ने…
नजिर सार पढ्नुहोस् →(१) प्रतिवादीले दर्ता गराएको जग्गामा वादीहरूको हक स्थापित हुने हुँदा प्रतिवादीको नाउँमा दर्ता भएको जग्गाहरूको दर्ता बदर हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) प्रहरी प्रतिवेदन दावी अनुसार अपराधी ठहर गर्न प्रहरी प्रतिवेदन दावी अनुसारको अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूद प्रमाण हुन पर्ने । (प्रकरण नं. २९)
नजिर सार पढ्नुहोस् →(१) म्यादभित्र रिट निवेदकले धरौटी फिर्ता माग्न आएको छैन भनी प्रत्यर्थीले भन्न नसकी लिखितजवाफ पेश नगरी म्यादै गुजारी बसेको स्थितिमा रिट निवेदकले सो धरौटी रकम फिर्ता पाउँदैन भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) रिट निवेदकले रैकरमा परिणत गरिपाउँ भनी दावी लिंदा २–४–२ जग्गाको दावी गरेको पाइन्छ सो बाहेक अरु जग्गामा निजको रैकरमा परिणत गरिपाउँ भन्ने दावी भएको देखिँदैन । प्रत्यर्थीको रैकरमा परिणत गरिपाउँ भनी निवेदन परेको आधारमा बाँकी जग्गा प्रत्यर्थी मोहिका नाउँमा रैकर…
नजिर सार पढ्नुहोस् →(१) आफ्नो काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक १ वर्षसम्म खेती नगरेमा वा हेलचक्र्याई गरेमा त्यस्तो मोहिलाई जग्गाबाट निष्कासन गर्न सक्ने अधिकार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(२) बमोजिम जिल्ला अदालतलाई भएको देखिने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) अधिकार प्राप्त निकाय गाउँ पञ्चायत न्यायिक समितिबाट भएको इन्साफ र सो इन्साफलाई सदर गरेको जिल्ला न्यायिक समितिको निर्णयमा कुनै त्रुटि नदेखिँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) नाबालख छोराहरूका नामको जग्गाको उल्लेख नगरी नदेखाई जग्गा बिक्री वितरणमा प्राप्त गर्न रिट निवेदकले निवेदन दिई जग्गा प्राप्त गरेको भन्ने कुरामा विवाद देखिँदैन, तसर्थ अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले निवेदकका माग अनुसारको…
नजिर सार पढ्नुहोस् →(१) गाउँ पञ्चायत न्यायिक समितिले कूलोको पानी सम्बन्धमा गरेको निर्णय उपर जिल्ला पञ्चायत न्यायिक समितिले पुनरावेदन निर्णय गर्दा गाउँ पञ्चायत न्यायिक समितिको निर्णयलाई अन्यथा गर्नुपर्ने देखिए सो गाउँ पञ्चायत न्यायिक समितिको निर्णयबाट जित्नेलाई पनि सम्मिलित गरी नि…
नजिर सार पढ्नुहोस् →(१) पुनरावेदक प्रतिवादी कलिलो उमेरको विद्यार्थी देखिएको विद्यार्थी समूहको बीच विवाद चली मारिएको स्थितिमा अपराध गरेको अवस्था समेतबाट प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने । (प्रकरण नं. ४१)
नजिर सार पढ्नुहोस् →(१) भूमिसुधार कार्यालयलाई मोहिबाट घर बनाउन जग्गा झिकी पाउँ भन्ने निवेदन लिई मोहिबाट जग्गा झिक्न पाउने गरी निर्णय आदेश गर्न पाउने अधिकार ऐनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) जग्गामा प्रतिवादीको दाता गणेशलालको नै हक कायम हुन नसकेकोले विवादीत जग्गा गणेशलालबाट राजीनामाद्वारा हक प्राप्त गर्नेको हक कायम हुन सक्ने नदेखिने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) यस अदालतले क्षेत्रीय अदालतको इन्साफ जाँच गर्दा सर्वप्रथम क्षेत्रीय अदालतबाट भएको फैसला कानुनको रीत पुगी भएको छ छैन हेरी नभए बदर गरी र भए मात्र इन्साफतर्फ विचार गर्नुपर्ने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) संस्थाको आय व्यापारिक हो वा होइन भनी हेर्न उक्त संस्थाले संरचना गरेको मुनाफा कमाउने प्रक्रिया कस्तो छ भनी हेर्नु पर्ने । (प्रकरण नं. १४) (२) नेपाल बैंकले मौद्रिक तथा वाणिज्य सम्बन्धी कारोबार गर्ने कुरालाई स्वीकार गरेको देखिँदा कामको प्रकृति अनुसार बैंक व्य…
नजिर सार पढ्नुहोस् →(१) अदालतले सोझै हस्तक्षेप गर्ने कुरा उचित र व्यवहारिक हुँदैन । (प्रकरण नं. ६) (२) अदालतले प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमबाट कारवाही गर्न सक्छ । अदालत कर्ता नभई कारक नै रहनु अर्थात् कुनै पदाधिकारीको सट्टामा काम गर्नु (Supplant) भन्दा आफू पूरक भई (Supplement…
नजिर सार पढ्नुहोस् →(१) मिसिल संलग्न लिखतको प्रमाणबाट नै लोग्ने स्वास्नी कायम गरेको देखिँदा क्षेत्रीय अदालतको इन्साफ मनासिब छ । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) डाँका वारदात कायम हुन चोरीको नं. ६ ले निर्धारण गरेको आवश्यक तत्व विद्यमान भएको प्राप्त मिसिलबाट देखिएन तसर्थ डाँका वारदात कायम गर्न नमिल्ने । (प्रकरण नं. २१)
नजिर सार पढ्नुहोस् →