सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२४ / ४४०

नि.नं. 2781वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) जग्गाको सम्बन्धमा हक बेहक परिसकेपछि नगर पञ्चायत ऐनको दफा ४९(२) बमोजिम हक बेहक गरी ल्याएपछि मात्र कार्यवाही गर्नु पर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2780वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) नियम ६ ले तोके बमोजिमको अंक प्रकाशित गर्न नसके सो पत्रिकाको प्रकाशनलाई निलम्वन गर्न सक्ने अधिकार श्री ५ को सरकारलाई भएको नदेखिने । (प्रकरण नं. १७) (२) कानुन बमोजिम प्रकाशनको हक अधिकार पाइराखेको पत्रिकाको प्रकाशन नियम ६ ले तोके बमोजिमको अंक प्रकाशन गर्न नसक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2779वि.सं. २०४३संयुक्त इजलास

बण्डापत्र पास बदर

(१) आफ्नो दावी पुष्टी गर्न पुनरावेदनको अनुमति प्रदान भएको आदेशमा उल्लेख भए बमोजिम वादी दावीका जग्गाहरू अपर सिंहको हकको भनी देखाएर मात्र पर्याप्त हुँदैन, दावीको जग्गाहरूमा वादीको हक पुगेको पक्का प्रमाणको अनिवार्य आवश्यक हुने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2778वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) प्रचलित ऐन बमोजिम मोही हक छोडपत्र गरेकोले मोही नामसारी गर्न नमिल्ने भनी प्रत्यर्थीले गरेको निर्णयलाई त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2777वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) रिट निवेदिकाका नाउँमा दर्ता भएको जग्गामा भएको पर्खाल भत्काई कुवालाई सार्वजनिक रुपमा कायम राख्ने निर्णय गर्नु अघि जग्गा दर्तावाला रिट निवेदिकालाई बुझी आफ्नो कुरा भन्ने मौका दिई निजको कथनलाई समेत विचाराधीनमा राखी निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2776वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको परमादेश लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) म्यादभित्र रिट निवेदकले धरौटी फिर्ता माग्न आएको छैन भनी प्रत्यर्थीले भन्न नसकी लिखितजवाफ पेश नगरी म्याद गुजारी बसेको देखिन्छ । यस स्थितिमा रिट निवेदकले सो धरौटी रकम फिर्ता पाउँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2775वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण, परमादेश लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) रिट निवेदकले धरौटी रकम म्यादभित्र फिर्ता लिन आएको छैन भन्ने कुनै किसिमको जिकिर विपक्षी ठेकेदारले लिन नसकी यस अदालतबाट जारी भएको म्यादमा लिखितजवाफ पेश नगरी म्यादै गुजारी बसेको देखिन्छ । यस स्थितिमा रिट निवेदकले सो धरौटी रकम फिर्ता पाउँदैन भन्न मिल्ने नदेखिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2774वि.सं. २०४३संयुक्त इजलास

परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) रोक्का बाली जिम्मा लिने पञ्चायतले सो रकम मासी खाएको भए जग्गा मिच्नेको १० नं. को देहाय ७ बमोजिम उजूर गरी भर्पाई लिनु पर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2773वि.सं. २०४३पूर्ण इजलास

जग्गा खिचोला

(१) आफ्नो हकको जग्गा अरुले वादीको स्वामित्व रहेको कुरा इन्कार गरी आफ्नो स्वामित्वमा रहेको भनी दावी लिएपछि तत्काल प्रचलित जग्गा मिच्नेको १८ नं. मा भएको व्यवस्थाबाट त्यस्तो खिचोला दावी लिएको मितिले २ वर्षभित्र फिराद दिनु पर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2772वि.सं. २०४३पूर्ण इजलास

कर्तव्य ज्यान

(१) अदालतमा बयान गर्दा प्रहरीमा कुटपिट गरी डरधाक देखाई साविती बयान गराएको हो कर्तव्य गरी मारेको छैन भनी इन्कारी बयान गरे पनि निजले कुटपिट गरेको कुनै घाचोट छ भनेर भन्नसकेको नदेखिएकोबाट अदालतमा गरेको निजको बयान साँचो नदेखिई प्रहरी समक्ष भएको बयान कागज बमोजिम निज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2771वि.सं. २०४३एक न्यायाधीशको इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कूत बुझाएको भन्न मिलेन भन्ने आधार लिई मोही निष्कासन गर्ने गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न मिल्ने अवस्था नहुँदा प्रत्यर्थीहरूबाट लिखितजवाफ मगाइरहनु नपर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2770वि.सं. २०४३संयुक्त इजलास

ज्यान

(१) कुनै नराम्रो कुरा नसोची घचेट्दा लडी ढुड्डामा ठोकिएर मृत्यु भएकोलाई कर्तव्यबाट ज्यान मरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. २४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2769वि.सं. २०४३संयुक्त इजलास

अपुताली

(१) २०११ सालमा शंकर मरेको ठोस आधार प्रमाण बेगर जुठु उपाध्यायको स्पष्ट र सकारात्मक स्वीकारोक्तीको अभावमा ०११ सालमा शंकर मरेको भनी हदम्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) शंकरको नजिकको हकदार सिवलाल कायम हुने ठोस आधार प्रमाण देखिन नआएकोले शंकरको नजिकको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2768वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) रजिष्ट्रेशनको ३५ नं. मा कार्यालयमा पेश भएको रेकर्ड अभिलेखबाट नै निर्णय गर्न सकिनेमा मालपोत अधिकृतले निर्णय गर्न पाउने देखिन्छ । तर प्रमाण बुझी सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गर्नुपर्ने अवस्थामा अधिकार क्षेत्र समाप्त हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2767वि.सं. २०४३संयुक्त इजलास

हर्जना दिलाई पाउँ

(१) पुनरावेदकको म्याद थप पाउँ भनी दिएको निवेदनबाट कारवाही भई म्याद थप नगरी ठेक्का तोड्ने निर्णय गरेपछि सोही मितिबाट पुनरावेदक उपर उजूर गर्नु परेको कारण परेको मान्नु पर्ने । (प्रकरण नं. ९) (२) क्षेतिपूर्ति भराउँदा इस्टीमेटको लगतमा ठेक्का कबूल गरेको रकमसंग भिडाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2766वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) नापीमा नाम मोहीमा लेखाएको कारणबाट मोही कायम हुने र मौकैमा उजूर गर्नुपर्ने भन्ने तर्क उचित देखिँदैन । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2765वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) विवादीत जग्गाको १।२ नं. अनुसूची प्रकाशित भएको श्रेस्ताबाट नदेखिएको भनी निवेदकको जग्गामा मोही कायम गरेको निर्णय उत्पे्रषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2764वि.सं. २०४३संयुक्त इजलास

लिखत बदर

(१) मुद्दा एकै लगाउको भएको र एउटा मुद्दाको निर्णयबाट अर्को मुद्दाको निर्णयमा समेत असर पर्ने स्थिति अवस्था विद्यमान देखिन्छ, यस्तो अवस्थामा दुवै मुद्दालाई एकैसाथ राखी ठहर निर्णय गर्नुपर्ने । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2763वि.सं. २०४३संयुक्त इजलास

ज्यू मास्ने बेच्ने

(१) अपराधमा मुछिएका सबै सहअभियुक्तहरूले किटानीपूर्वक पोल उजूर गरेको र उक्त अपराधका पीडितहरूले समेत सिलसिलाबद्ध रुपमा सहअभियुक्तको बयानलाई पुष्टि हुने गरी बकी लेखिदिएबाट अभियोगमा संलग्नता थिएन भन्न मिलेन । (प्रकरण नं. २१) (२) कसूरमा सावित भई पुनरावेदन समेत नगरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2762वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निवेदकले पद अनुसारको काम नगरेको र निवेदक अहिले रिट क्षेत्र प्रवेश गर्दा पनि सफा हात लिई निवेदन दिएको नदेखिँदा निवेदकको माग दावी बमोजिम कुनै किसिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2761वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) विवादको जग्गामा निवेदकको पूर्ण हक भइसकेको भन्ने कुरा नदेखिएको र अदालतको विचाराधीन रही अन्तिम भई नसकेको पुनरावेदन गर्ने तह बाँकी नै रहेको र निवेदकका जिकिर समेतमा अदालतबाट विचार हुने कुरालाई कारवाहीको सिलसिलामा पुनरावेदन सरह रिट क्षेत्रबाट हेरी प्रमाणको मूल्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2760वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) उजूर पुनरावेदन नलाग्ने कुरामा रिट निवेदन लिई आउँदा खारेजीको पत्र पाए पछि उचित समयमै अदालतमा जानु पर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2759वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण समेत

(१) कारवाही भइरहेको सिलसिलाको कुरालाई यस अदालतको असाधारण अधिकार क्षेत्रबाट हस्तक्षेप गर्न मिलेन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2758वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगयत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) आधुनिकीकरण गरी उत्पादन शुरु गरेको ३ वर्षसम्म खूद आयमा आयकर छुट सुविधा पाउनेमा सो सुविधा प्रदान नगरी प्रचलित कानुनको वर्खिलाफ गरी निवेदकको उद्योगसँग उत्पादन शुरु गरेको मिति देखिकै आयकर लिने गरी गरेको कर फर्छ्यौट आयोगको आयकर निर्धारण आदेशहरू उत्प्रेषणको आदेश…

नजिर सार पढ्नुहोस् →