नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2772 · वि.सं. २०४३

नि.नं. 2772 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतमा बयान गर्दा प्रहरीमा कुटपिट गरी डरधाक देखाई साविती बयान गराएको हो कर्तव्य गरी मारेको छैन भनी इन्कारी बयान गरे पनि निजले कुटपिट गरेको कुनै घाचोट छ भनेर भन्नसकेको नदेखिएकोबाट अदालतमा गरेको निजको बयान साँचो नदेखिई प्रहरी समक्ष भएको बयान कागज बमोजिम निजले मर्नेलाई कर्तव्य गरी मारेको देखिन आयो । (प्रकरण नं. ३५) (२) प्रहरीको कागज समर्थित भएको र सरजमीनको अधिकांश व्यक्तिहरूले पनि निजमाथि शंका देखाएका छन् । उपरोक्त कारणहरूबाट निज प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानलाई तथ्ययुक्त मान्न र निज समेत भई कर्तव्य गरी मारेको होइन भन्न मिलेन । (प्रकरण नं. ३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2772
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2043/07/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2772
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्