नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2763 · वि.सं. २०४३

नि.नं. 2763 — ज्यू मास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अपराधमा मुछिएका सबै सहअभियुक्तहरूले किटानीपूर्वक पोल उजूर गरेको र उक्त अपराधका पीडितहरूले समेत सिलसिलाबद्ध रुपमा सहअभियुक्तको बयानलाई पुष्टि हुने गरी बकी लेखिदिएबाट अभियोगमा संलग्नता थिएन भन्न मिलेन । (प्रकरण नं. २१) (२) कसूरमा सावित भई पुनरावेदन समेत नगरी बस्ने यी प्रतिवादीहरूले यकीन गरी पोल्नु पर्ने कुनै कारण मिसिलबाट केही देखिँदैन अतः बिक्री गर्ने उद्देश्य लिई केटी भगाएको बौद्ध पुर्‍याई दिएको केटीहरू जान नमान्दा फकाई फुल्याई बसमा चढाई पठाउने काम समेत गरिएको तथ्यबाट केटी बेच्ने अपराधमा मूल अपराधीलाई सहयोग गर्ने मुख्य मद्दत गरेको रुपमा निज रहेको देखियो । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2763
मुद्दाको विषयज्यू मास्ने बेच्ने
निर्णय वर्ष / मिति2043/06/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2763
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्