सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२६ / ४४०

नि.नं. 2733वि.सं. २०४३संयुक्त इजलास

नोकरीबाट बर्खास्त गरेको

(१) लिखतमा प्रयोग भएका शब्दहरूमा वाक्यांशको व्याख्या गर्दा सम्पूर्ण लिखतकै सन्दर्भमा अर्थ लगाउनु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2732वि.सं. २०४३संयुक्त इजलास

लिलाम बदर

(१) लिलाम बदरको दावी लिई नागरिक अधिकार ऐन, २०१२ बमोजिम ना.अं.अ.मा दिन ल्याएको नालेश खारेज हुने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2731वि.सं. २०४३संयुक्त इजलास

ज्यान

(१) वादी दावी शंकारहित तवरबाट प्रमाणित हुन नसकेबाट प्रतिवादीहरूलाई सफाई दिने गरी गरेको फैसला सदर हुने । (प्रकरण नं. ३०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2730वि.सं. २०४३संयुक्त इजलास

खूनडाँका

(१) उजूरी र सावितीलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टाई गरेको नदेखिँदा प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मनासिब ठर्हछ । (प्रकरण नं. २२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2729वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण समेत

(१) जबसम्म मालपोत कार्यालयको टिप्पणी निर्णयलाई समितिले मान्यता दिएर मालपोत विभागको स्वीकृति प्राप्त भएको हुँदैन तबसम्म निवेदकको हक हनन् भइसकेको भन्न मिल्दैन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2728वि.सं. २०४३संयुक्त इजलास

जग्गा खिचोला

(१) जग्गा बाँकी भए राजीनामा गर्दा दक्षिण किल्ला मेरै घर जग्गा भनी उल्लेख भएको हुनु पर्नेमा सो नभई दक्षिण किल्ला वादीको साँध कायमी गरेको देखिएकोले सो विवादीत न.नं. ११ को गोठ समेत वादीको मान्नु पर्ने । (प्रकरण नं. १२) (२) नक्शाको प्रकृतिबाट न.नं.१० को टौवा प्रति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2727वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

(१) मोही लगत कट्टा तथा प्रमाणपत्र बनाई पाउँ भन्ने अलग अलग मितिका निवेदन भएकोमा मोही कट्टातर्फ मोही लगत कट्टा हुने वा नहुने माग दावी बमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2726वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) प्रतिष्ठान आफैंले प्रतिष्ठानबाट उत्पादित वस्तुमा खुद्रा मुल्य कायम गर्न सक्ने भए पनि त्यस्तो खुद्रा मुल्य कायम गर्ने प्रयोजनको लागि उत्पादकले पाउने मूल्यमा अन्तःशुल्क जोडी हुन आउने रकममा वितरण खर्च वा सो बापत निश्चित प्रतिशत थप गरी बिक्री गर्न सक्ने कानुनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2725वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) अनधिकृत व्यक्तिबाट रिट निवेदक उपर स्पष्टीकरण लिने समेतको कारवाही भई सो को आधारमा निजलाई उपप्रमुख अधिकृतले सो सेवाबाट हटाउने कार्य भएको देखिएकोले त्यस्तो कार्यलाई कानुन बमोजिम भएको मान्न मिलेन । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2724वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण समेत

(१) विशेष प्रहरीको हैसियतले अनुसन्धानको कारवाही गर्न आवश्यक सम्झी धरौटी माग गर्दा आमा तथा श्रीमतीका नाउँको घर जग्गा धरौटी दिन मञ्जूर गरे अनुरुप धरौटी दिएका र रोहवरमा बद्री अधिकारी बसेको भन्ने समेत उल्लेख भएको पाइयो । यस्तो स्थिति विशेष प्रहरी अधिकृतको हैसियतले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2723वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) प्रशासन अनुदानबाट तलब खाने गरी गरेको नोकरी अवधि साधारणतर्फ नोकरी अवधिमा जोड्न नमिल्ने भएपछि निजले सो अवधि भन्दा पूर्व ०३०।१०।५ देखि ०३४।१।१५ सम्म व.स.नि.भई गरेको नोकरी अवधि अविछिन्न रहन नगई अस्थायी नोकरी अवधि छुट्न गएबाट निजले प्राप्त गरेको उक्त व.स.नि.भई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2722वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) पर्चा खडा गरी निजामती कर्मचारी उपर विभागीय कारवाही तथा सजायँ गर्दा त्यस्तो कारवाही तथा सजायँ उचित र पर्याप्त कारण नभएमा पनि गर्न सकिन्छ भन्न मिलेन । (प्रकरण नं. ११) (२) अभियोग लगाउनु सफाइको सबूद दिने मौका दिनु अव्यवहारिक हुने कारण मान्न सकिंदैन । (प्रकरण न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2721वि.सं. २०४३संयुक्त इजलास

आयकर

(१) आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (२) अन्तर्गत खूद आय कायम गर्दा उक्त उपदफा (२) को देहाय (क) देखि (छ) सम्मका विभिन्न आधारहरू मध्ये कुन आधारमा खूद आय कायम गरेको हो सो कुरा सम्बन्धित निर्णयमा उल्लेख गर्नुपर्ने । (प्रकरण नं. १६) (२) कुन आधारमा खूद आय कायम गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2720वि.सं. २०४३संयुक्त इजलास

परमादेश सहितको उपयुक्त आज्ञा, आदेश वा पुर्जी अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने

(१) वाणिज्य विभागले इजाजतपत्र नदिने गरी गरेको निर्णय विरुद्ध निकासी पैठारी (नियन्त्रण) नियमहरू, २०२४ को नियम १४(१) बमोजिम श्री ५ को सरकार छेउ उजूर गर्नुपर्ने । (प्रकरण नं. १४) (२) लामो अवधिसम्म आयात इजाजतपत्र लिई सामान छुटाउन नआएकोले त्रि.वि. भन्सार कार्यालयले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2719वि.सं. २०४३संयुक्त इजलास

लेनदेन

(१) मुलुकी ऐन लेनदेन व्यवहारको ७ नं. मा ब्याज भराई लिनु पर्दा साँवा मध्ये केही पनि असूल नभएको भए त्यस साँवाको र केही असूल भएको रहेछ भन्ने बाँकी साँवाको बराबर भन्दा बढी भराइने छैन भन्ने प्रष्ट किटानी व्यवस्था भइरहेको पाइन्छ । यस्तो स्थितिमा लेनदेन व्यवहारको ४ न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2718वि.सं. २०४३संयुक्त इजलास

कर्तव्य ज्यान

(१) तत्काल उठेको रिस थाम्न नसकेको कारणबाट सो घटना घटन गएको देखिन्छ । यस्तो अवस्थामा ज्यानसम्बन्धी महलको १३ र देहायको परिभाषा भित्र सो परिस्थिति पर्न गएको देखिँदैन । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2717वि.सं. २०४३संयुक्त इजलास

सार्जजनिक अपराध

(१) शंकारहित किसिमको सबूद प्रमाणको अभावमा पुनरावेदक प्रतिवादीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत जरिवाना गर्ने गरी गरेको इन्साफ उल्टी हुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2716वि.सं. २०४३संयुक्त इजलास

सवारी ज्यान

(१) ट्रयाक्टरको ट्रली पछाडि घटेको घटना सम्बन्धमा ड्राइभरले जानीजानी दूर्घटना गरी बच्चालाई किचेको भन्न सकिने अवस्था नदेखिने (प्रकरण नं. १६) (२) वादीको एक मात्र साक्षीले अदालतमा बयान गर्दा वादीको कुरा पुष्टी हुने गरी लेखाउन सकेको छैन, यस्तो स्थितिमा प्रतिवादीले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2715वि.सं. २०४३संयुक्त इजलास

कर्तव्य ज्यान

(१) शंका एवं अनुमानको भरमा प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भन्न न्यायसंगत हुँदैन । (प्रकरण नं. २६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2714वि.सं. २०४३संयुक्त इजलास

अवैध घडी पैठारी

(१) अनुमान प्रमाण होइन, न्यायिक निर्णय हुँदा न्यायकर्ताले वस्तुस्थितिको विषयमा जानकारी लिने सामान्य प्रकृया मात्र हो । (प्रकरण नं. २३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2713वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदकलाई बर्खास्त गर्ने गरी भएको निर्णय उपर परेको पुनरावेदन मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(४) अनुसार कारखाना निरीक्षकले स्वयं गर्नुपर्नेमा सो बमोजिम नगरी पेश भएको टिप्पणीमा उपरोक्त राय अनुसार भनी सदर गरेको देखिन आएकोले न्यायिक मनको प्रयोग गरी निर्णय गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2712वि.सं. २०४३संयुक्त इजलास

अंश नामसारी

(१) मर्ने व्यक्तिको मुद्दा सकारै नभई मृतकको वादी प्रतिवादी दुवैपक्षको बज्यै तथा आमा नाताकी अंशियार हुँदा निजका मृत्यु पछि निजको अंश हक यिनै वादी प्रतिवादीकै हकमा स्वतः निहित भइसकेको अवस्थामा मृतक भइसकेकी वादीले अंश पाउने गरी गरेको फैसला मिलेको नदेखिँदा उल्टी ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2711वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) घर बनाउने सम्पूर्ण जग्गामै तेरोमेरो परेको प्रष्ट देखिँदा देखिँदै यस्तो हक बेहकको प्रश्‍नमा नगर पञ्चायतले गरेको टिप्पणी निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2710वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) कानुन बमोजिमको रीत नपुगेको मोहिलाई मोहियानी बाली बुझी रसीद दिएको भनी जग्गाधनीले भनेको र रसीद दिएको आधारमा निवेदकको निवेदन दावी खारेज गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →