नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2728 · वि.सं. २०४३
नि.नं. 2728 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा बाँकी भए राजीनामा गर्दा दक्षिण किल्ला मेरै घर जग्गा भनी उल्लेख भएको हुनु पर्नेमा सो नभई दक्षिण किल्ला वादीको साँध कायमी गरेको देखिएकोले सो विवादीत न.नं. ११ को गोठ समेत वादीको मान्नु पर्ने । (प्रकरण नं. १२) (२) नक्शाको प्रकृतिबाट न.नं.१० को टौवा प्रतिवादीकै देखिन आएको हुँदा सो न.नं.१० मा वादीको दावी पुग्न नसक्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2728 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2043/05/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2728 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
