सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२० / ४४०

नि.नं. 2877वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) काममा लगाइएका कूल्लीहरूको ठेगाना नागरिकता सब हेरी मात्र काम लगाउने भन्ने कुनै नियमित कानुनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. ७) (२) भ्रष्टाचार निवारण ऐन, ०१७ को परिच्छेद २ अन्तर्गतको सजायँ हुने कसूर निवेदकबाट भए गरेको तथ्ययुक्त प्रमाणको अभावमा ऐ.ऐनको दफा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2876वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) मोहियानी हकको जग्गाको कूतबाली प्रत्येक वर्ष ऐन नियमद्वारा निर्दिष्ट गरेको म्यादभित्र जग्गाधनीलाई बुझाउने दायित्व प्रत्येक मोहीको हुने । (प्रकरण नं. १०) (२) मोहीको दायित्व पूरा नगर्ने मोहिलाई मोहियानी हकको जग्गाको कूतबाली भराई मोही निष्कासन गर्न पाउने अधिका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2875वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) नेपाल कानुन अन्तर्गत प्राप्त अधिकारको हनन् भएमा रिट निवेदन लाग्न सक्ने । (प्रकरण नं. ९) (२) संस्थाले कर्मचारी सम्बन्धी नीति बनाएकोलाई नेपाल कानुन भन्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2874वि.सं. २०४३संयुक्त इजलास

परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) सरकार लाग्नु पर्ने भनी जिकिर लिएको घर जग्गाको सम्बन्धमा प्रत्यर्थी जिल्ला कार्यालय काठमाडौंले कारवाही अघि बढाउन सबुद प्रमाणको अभावमा नमिल्ने भनी तामेलीमा राख्‍ने गरेको निर्णयबाट रिट निवेदकको हकमा आघात परेको भन्न सकिने स्थिति नहुँदा निवेदकको माग अनुसारको आद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2873वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) अदालतको क्षेत्राधिकार भित्रको विषयमा प्रत्यक्ष हस्तक्षेप गर्न तथा मर्का पर्ने पक्ष अदालतको शरणमा आएपछि अदालतलाई ढाट्ने, सत्य र तथ्यलाई लुकाउने विपक्षीको कार्यलाई शोभनीय मान्न नसकिने । (प्रकरण नं. १३) (२) आफ्नो अधिकार नै नभएको विषयको निवेदन उजूरी लिई रिट नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2872वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोही छोडपत्र गरेको आधारमा लगत श्रेस्तामा मोही लगत कट्टा गर्ने सम्म बाँकी रहेको कार्यलाई उक्त छोडपत्र गरेको आधारमा विवादीत जग्गाको मोही लगत कट्टा गर्ने गरेको प्रत्यर्थीको निर्णय कानुन अनुरुप नै भई त्रुटिपूर्ण नदेखिने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2871वि.सं. २०४३पूर्ण इजलास

लेनदेन

(१) घरसारको लिखत रजिष्ट्रेशन पारित गराई लिन नसकेको अवस्थामा राजीनामा लिखतमा उल्लिखित अचल सम्पत्ति साहुले पक्रन दावी गर्न नपाउने तर परेको थैली र ऐन बमोजिम व्याज सम्पत्ति भोग गर्नु नपाएको अवस्थामा भराई लिन पाउने । (प्रकरण नं. १४) (२) लिखत रजिष्ट्रेशन पारित नभए स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2870वि.सं. २०४३पूर्ण इजलास

बाली भराई मोहीबाट निष्कासन गरी पाउँ

(१) मोहीको भाइलाई मोही हक प्राप्त हुनसक्ने नदेखिँदा मर्ने प्रतिवादी पुनरावेदकको भाइले प्रस्तुत मुद्दा सकार गर्न हकदैया नपुग्ने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2869वि.सं. २०४३संयुक्त इजलास

जालसाजी

(१) वादीको जग्गामा प्रतिवादीले घर बनाएको भए घर बनाउनेको महल अन्तर्गत उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2868वि.सं. २०४३संयुक्त इजलास

घर उठाई जग्गाखिचोला छुट्याई चलन चलाई पाउँ

(१) मोही जग्गालाई साविक जग्गाधनीले बेच्न सक्ने कुनै कानुनी अधिकार समेत देखिन नआएको अतिरिक्त प्रतिवादीका लिखत जेठो देखिएको अवस्थामा केवल सर्भे कि.नं.को आधारमा मात्र वादीको विवादीत जग्गामा हक कायम गराउन नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2867वि.सं. २०४३संयुक्त इजलास

कीर्ते

(१) सक्कल लिखत हेरिएमा लिखतको सबै हरफहरूको मसी फुलेको र लिखतको शिर हरफको “लिखतम” शब्दको “लि” भन्ने अक्षर अगाडि अनावश्यक “आ” अक्षरको धर्सो देखिएको त्यसको अलावा ठाउँ ठाउँमा अक्षरहरूमा दोहरा धर्सो पनि देखिएको मिति बन्दका अक्षरहरू पनि अरु हरफ मिलान नदेखी पुछारको क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2866वि.सं. २०४३संयुक्त इजलास

अपुताली दर्ता नामसारी

(१) अघिल्लो लोग्नेको सम्पत्तिमा अपुतालीबाट आफ्नो हक कायम गराई लिएपछि यदि विपक्षी सित पोइल जान्छ भने स्त्री अंश धनको ६ नं. ले अघिल्लो लोग्नेतर्फको सम्पत्तिमा कुनै हक कायम नरही अघिल्लो लोग्नेतर्फको कानुन बमोजिम हकवालाले खान पाउने व्यवस्था भएको र अघिल्लो लोग्नेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2865वि.सं. २०४३संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ अन्तर्गत अपराधको सम्बन्धमा बागमती अञ्चलमा जुनसुकै अधिकृतद्वारा तहकिकात गरी दायर गरिने मुद्दा बागमती विशेष अदालतलाई तोकिएको देखिने । (प्रकरण नं. ११) (२) बागमती अञ्चल अदालतलाई भ्र.नि.ऐन अन्तर्गतको मुद्दा हेर्न पाउने अधिकारक्षेत्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2864वि.सं. २०४३संयुक्त इजलास

सवारी दुर्घटनाबाट मृत्यु भएको ज्यान

(१) मानिस मार्छु नै भन्ने नियतले गाडी नहाँके तापनि मानिस मर्न सक्छ भन्ने सम्भावनालाई जानी जानी लापरवाही गरी गाडी हाँकेको मान्नु पर्ने हुन्छ । तसर्थ मानिस मार्ने मेरो नियत थिएन भन्ने इन्कारी जिकिरलाई सफाइको पर्याप्त आधार मान्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2863वि.सं. २०४३संयुक्त इजलास

निषेधाज्ञा

(१) नक्शा कुण्डलीबाट विपक्षीहरूले छुट्टै बाटो निर्माण गर्न लागेको भन्ने पनि देखिँदैन, कूलो बनिरहेको र सो कूलोको डिलमा गोरेटो बाटो हुनु स्वाभाविक नै देखिँदा निषेधाज्ञा जारी हुन नसक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2862वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) फिराद परी कारवाही भई अदालतमा विचाराधीन रही रहेको प्रस्तुत विषयमा ललितपुर जिल्ला अदालतको निर्णयबाट नै हुने हुँदा माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2861वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) हक बेहकमा अदालतमा नालेश गर्नु भनी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) बमोजिम सुनाई दिन प्रत्यर्थी कार्यालय ललितपुर नगर पञ्चायतको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2860वि.सं. २०४३संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) राजकाज (अपराध र सजायँ) ऐन, २०१९ को दफा ६ अन्तर्गतको कसूर सम्बन्धी मुद्दा मामिलाको कारवाही गरी किनारा गर्ने अधिकार अञ्चलाधीशलाई मात्र स्पष्ट रुपमा प्रदान गरेको पाइने । (प्रकरण नं. १२) (२) दफा ६ अन्तर्गतको कसूर सम्बन्धी मुद्दा मामिलाको कारवाही किनारा गर्ने अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2858वि.सं. २०४३संयुक्त इजलास

..

(१) आय कर ऐन, ०३१ को दफा ५६(१) बमोजिमको प्रकृया अपनाई पुनः कर निर्धारण गर्नु पर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2857वि.सं. २०४३संयुक्त इजलास

जग्गा खिचोला

(१) बेचविखन गर्दा पनि सो बारे उजूर बाजुर दावी विरोध गरेको देखिन नआएबाट वादी दावी जग्गा प्रतिवादीकै हक स्वामित्व रहेको कुरा सिद्ध हुनआएकोले विवादीत जग्गाको वादी दावी बमोजिम दर्ता बदर भई हक कायम हुनसक्ने अवस्था देखिएन । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2856वि.सं. २०४३संयुक्त इजलास

दर्ता गरी पाउँ

(१) सनातनदेखि चली आएको आँगन देवताको गुठीको जेथामा गुठीयारको हक गुठीको सनातनदेखि चली आएबमोजिमको धर्म पूजाआजा चलाई राखी सामूहिक रुपले स्थिति बन्देज अनुसार भोगचलन गर्न पाउने सम्म मात्र हो एकलौटी कसैको हक हुने कुरा हुँदैन, मास्न नास्न कसैलाई हक छैन । (प्रकरण नं. १…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2855वि.सं. २०४३संयुक्त इजलास

जालसाजी

(१) वर्तमान जबरजस्ती करणीको १० नं. पहिलाको अवस्थाको मुद्दामा पनि लागू हुन्छ भन्ने अवस्था देखिँदैन । (प्रकरण नं. १३) (२) हालको जबरजस्ती करणीको १० नं. पहिलेदेखि लागू हुन नसक्ने भएपछि अघिको अवस्थामा वादीको जुन हक अधिकार हो सोही भागमा वादीले दावी लिई आउने अवस्था प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2854वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) मोही बण्डा हुनसक्ने कानुनी व्यवस्था नभएको र यस अदालतबाट यस्तो कार्यलाई मान्यता दिएको पनि छैन । (प्रकरण नं. १५) (२) कानुनले जुन कुरा प्रत्यक्ष रुपमा गर्न सकिन्न त्यो कुरा अप्रत्यक्ष रुपले पनि गर्न सकिन्न । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →