सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३१९ / ४४०

नि.नं. 2901वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) रिट निवेदकहरूले भू.सु.का.कपिलवस्तुको निर्णय चित्त बुझाई बसेको भन्ने तथा जो.अ.नि.समेतको प्रमाणको आधारमा छुट मोही दर्ता हुने ठहराएको निर्णयलाई त्रुटिपूर्ण भन्न नसकिने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2900वि.सं. २०४३पूर्ण इजलास

जालसाजी

(१) विवादीत घर अंश भागमा परेको भन्ने कुनै सबूद प्रमाण प्रतिवादीबाट आउन नसकेको स्थितिमा विवादको घरमा वादीहरू समेतको हक लाग्ने रहेछ भनी मान्नु पर्ने । (प्रकरण नं. १४) (२) वादीहरूको मञ्जूरी लिएको कुनै लिखत प्रतिवादीले पेश गर्नसकेको छैन, विवादीत ०२९।१०।५ को लिखतमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2898वि.सं. २०४३संयुक्त इजलास

नाता कायम

(१) कुनै कुरामा नालिश गर्नु पर्ने कारण परी सो कुरा देखाई अदालतमा फिराद लिई गएपछि पर्न आएको फिराद कानुनले तोकेको व्यवस्था बमोजिम रीत नपुगेको भन्ने आधारमा इन्साफ दिन नमिल्ने भन्ने ठहर भएपछि सो ठहरमा आफ्नो चित्त नबुझे ऐनका म्यादभित्र पुनरावेदन दिई बदर गराउनु पर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2897वि.सं. २०४३संयुक्त इजलास

अंश दपोट

(१) वादी आफैंले जालसाजीमा दावी गरेको लिखतको जानकारी वादीलाई नभएको भन्न नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2896वि.सं. २०४३संयुक्त इजलास

खिचोला समेत

(१) वादीको कुरालाई इन्कार गरी वादीको हकको साझा चोक हो भन्ने कुरामा विवाद उठाएपछि सोही मौकामा कानुन बमोजिम जो जसको उपर उजूर दिनु पर्ने हो उजूर दिई आफ्नो साझा हक कायम गराई राख्‍नु पर्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2895वि.सं. २०४३संयुक्त इजलास

कर्तव्य ज्यान

(१) पेटमा विभिन्न खष्कअभचब हरूमा भएको चोटले अतिसय रक्तश्राव भएर र टाउकोमा गिदीमा लागेको चोटले रक्तश्रावबाट क्षोभ भएर मृत्यु भएको हो भन्ने कुरा देखिनाले एकपटक मात्र चोट छाडेको भन्न सकिने अवस्थाको देखिन नआउने । (प्रकरण नं. ३७) (२) धेरैजनाले हुल भई धेरैपटक चोट छा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2894वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) जग्गा दर्ता बदर गर्दाको अवस्थामा दर्ता बदर गर्नु अगावै सफाइको मौका दिनु पर्ने । (प्रकरण नं. १२) (२) जग्गा दर्ता बदर गराउने सम्बन्धमा मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (१) वा (२) को अवस्था मध्ये कुन अवस्था परी जग्गा दर्ता बदर गराउनु पर्ने हो सो कुरा कारवाह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2893वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) विज्ञापन अनियमित भयो भनी त्यसलाई बदर गर्नु अघी त्यो विज्ञापनको आधारबाट नियुक्ति पाइसकेको व्यक्तिलाई आफ्नो तर्फबाट प्रतिवाद गर्ने मौका दिनु पर्ने । (प्रकरण नं. १६) (२) अनियमित विज्ञापनको आधारमा नियुक्ति दिएकोलाई कानुन बमोजिम हक प्राप्त गरेको भन्न सकिने नदेख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2892वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) असर पर्ने पक्षलाई नै भन्ने मौका नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2891वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) अधिकार क्षेत्रात्मक त्रुटि गरी गलत निकायमा पक्ष आफैं जान्छ र विलम्ब गरी रिट दायर गर्दछ भने पक्षले गरेको गल्तीबाट निजलाई नै फाइदा हुने गरी रिट क्षेत्रबाट मद्दत गर्न नसकिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2890वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) अनुचित विलम्ब गरी रिट निवेदन पर्नुको मनासिब माफिकको कारण समेत प्रस्तुत रिट निवेदनमा उल्लेख नभएकोले अनुचित विलम्बको कारणले गर्दा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2888वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) एउटै जग्गामा आश्रित मोही र जग्गाधनीको हित र स्वार्थको समन्वयात्मक संरक्षण प्रदान गर्ने उद्देश्य नै भूमिसम्बन्धी ऐन, २०२१ को हो । (प्रकरण नं. १०) (२) न्यायिक निर्णय गर्ने अधिकारीले निर्णय गर्दा विवेकपूर्ण तरिकाले न्यायिक मनको प्रयोग गरी गर्नु पर्दछ । न्यायि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2887वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) भ्रष्टाचारको मुद्दा परी विभागीय सजायँको रुपमा नोकरीबाट हटाइएको र बिगो तथा जरिवानाको हकमा अदालती कारवाही चलाएकोलाई एउटै कसूरमा दोहोरो सजायँ नहुने भन्ने प्राकृतिक न्यायको सिद्धान्त विपरीत भयो भन्ने रिट मनासिब नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2886वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) हक बेहकमा निर्णय गरेको नभई इजाजत नलिई राखेको ढोकासम्म झिकी दिने भनी साविकको निकाश कायमै रहने गरी निर्णय गरेको देखिएकोले हक बेहकको प्रश्‍न समावेश भएपछि नगर पञ्चायतले हेर्न नहुनेमा मुद्दा हेरी छिनेको बदर हुनुपर्छ भन्ने रिट निवेदन जिकिर तर्क कानुनसंगत देखिन आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2885वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदन लेखाई बमोजिम कागज नगराइएको भन्ने लिखितजवाफ आएको र यदि निवेदन लेखाई बमोजिम कागज गराएको भए पनि गराइएको कागजको कानुनी मान्यता समेत नहुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2884वि.सं. २०४३संयुक्त इजलास

कर्तव्य ज्यान

(१) प्रतिवादीहरूले प्रहरी समक्ष गरेको कागजलाई अन्य प्रमाणहरूले पुष्टाई गरेको समेत हुँदा निजहरूलाई कसूरदार ठहर्‍याई भएको इन्साफ मनासिब देखिँदा सदर हुने । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2883वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेशको रिट वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) आर्थिक ऐनले कम्पनी तथा सङ्गठित संस्थाको केवल व्यापारिक आयमा मात्र थप ५ प्रतिशत कर लगाउन सक्ने र उद्योगको आयमा लगाउन नसकिने गरी व्यवस्था गरेको देखिने । (प्रकरण नं. १०) (२) होटल उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०३८ अनुसार उद्योगको वर्गीकरण गर्दा पर्यटन उद्योग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2881वि.सं. २०४३संयुक्त इजलास

संस्थाको आफ्नो जिम्माको रकम मासी भ्रष्टाचार गरे भन्ने

(१) साझा संस्थालाई बुझाउन पर्ने आफ्नो जिम्माको रकम असूल उपर गरी पाउँ भनी कानुन बमोजिम नालेश गरी असूल उपर गर्न पाउने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2880वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) प्रहरी महानिरीक्षकलाई एकपटक रीतपूर्वक बढुवा समितिको सिफारिशमा बढुवा भई बढुवाको पत्र समेत प्राप्त गरीसकेको व्यक्तिलाई भूलबाट नाम उल्लेख हुन गएको रहेछ भनी भइसकेको बढुवालाई रद्द गरी अरु कुनै व्यक्ति बढुवा हुने गरी बढुवा संशोधन गर्ने अधिकार प्रहरी ऐन तथा नियम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2879वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) पञ्चायतबाट कबूलियत आउन नसकेकोबाट कानुन बमोजिमको कबूलियत भएको भन्ने देखिन आएन । भू.सं.ऐन, २०२१ प्रारम्भ भएपछि मोही हुनलाई भू.सं.ऐन, २०२१ को दफा ३४ को प्रकृया अपनाई जग्गा बाली र मोहीको बीच दोहरी कबूलियत भई एकप्रति पञ्चायतमा दाखिल भएपछि मात्र कानुन बमोजिम मोह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2878वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) घरेलु तथा ग्रामिण उद्योग विभागको सिफारिशमा झिकाइएको पेन केक (Pan cake) लाई औद्योगिक कच्चा पदार्थहरू भनी तदनुसार आयात गर्नको लागि इजाजतपत्र दिएको, सोही बमोजिम मिति २०४०।४।१ को नेपाल राजपत्रमा प्रकाशित वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनाको दफा २(क) को उपदफ…

नजिर सार पढ्नुहोस् →