नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2900 · वि.सं. २०४३
नि.नं. 2900 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवादीत घर अंश भागमा परेको भन्ने कुनै सबूद प्रमाण प्रतिवादीबाट आउन नसकेको स्थितिमा विवादको घरमा वादीहरू समेतको हक लाग्ने रहेछ भनी मान्नु पर्ने । (प्रकरण नं. १४) (२) वादीहरूको मञ्जूरी लिएको कुनै लिखत प्रतिवादीले पेश गर्नसकेको छैन, विवादीत ०२९।१०।५ को लिखतमा वादीहरू साक्षी बसेको पनि देखिँदैन, यस्तो अवस्थामा २०१२ साल देखी भोगबन्धकी लिई विवादीत घर जग्गा भोग गर्ने प्र.लाई विवादीत घरमा वादीहरूको समेत हक लाग्ने कुरा थाहा थिएन भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. १५) (३) हक लाग्ने कुनै व्यक्तिले उजूर नगर्दैमा मौकैमा उजूरी गर्ने व्यक्तिको समेत हक जान्छ भन्न नमिल्ने । (प्रकरण नं. १६) (४) जहाँ कानुनले दुई उपचारको व्यवस्था गरेको हुन्छ, त्यहाँ दुई उपचार मध्ये कुन उपचारको मार्ग अवलम्बन गर्ने हो सो वादीहरूको इच्छामा निर्भर रहने कुरा हो, दुई मध्ये एक उपचारको मार्ग अवलम्बन गरी आएकोमा आर्को मार्गतर्फ जानु पर्ने भनी अदालतले भन्न नमिल्ने । (प्रकरण नं. १८) (५) वादी दावी र प्रतिउत्तर जिकिरबाट मुख नमिलेका कुराहरूमा मात्र अ.बं.१८४(क) तथा १८५ नं.बमोजिम निर्णय निरोपण गरिनु पर्ने । (प्रकरण नं. १९) (६) वादी प्रतिवादीले विवाद नउठाएपछि त्यस विषयमा अदालतले बोलिरहने अवस्थै नरहने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2900 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2043/10/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2900 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
