नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2893 · वि.सं. २०४३
नि.नं. 2893 — उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विज्ञापन अनियमित भयो भनी त्यसलाई बदर गर्नु अघी त्यो विज्ञापनको आधारबाट नियुक्ति पाइसकेको व्यक्तिलाई आफ्नो तर्फबाट प्रतिवाद गर्ने मौका दिनु पर्ने । (प्रकरण नं. १६) (२) अनियमित विज्ञापनको आधारमा नियुक्ति दिएकोलाई कानुन बमोजिम हक प्राप्त गरेको भन्न सकिने नदेखिँदा निवेदकको सो नियुक्ति नियमित मान्न मिलेन । (प्रकरण नं. १६) (३) विज्ञापन बदर गर्ने गरी गरेको स्वास्थ्य सेवा विभागको निर्णय प्राकृतिक न्याय विपरीत भएको हुँदा सो आधारमा पुनः विज्ञापन गर्ने भन्ने निर्णय मिल्ने नदेखिने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2893 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/10/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2893 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
