नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2883 · वि.सं. २०४३

नि.नं. 2883 — उत्प्रेषण मिश्रित परमादेशको रिट वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आर्थिक ऐनले कम्पनी तथा सङ्गठित संस्थाको केवल व्यापारिक आयमा मात्र थप ५ प्रतिशत कर लगाउन सक्ने र उद्योगको आयमा लगाउन नसकिने गरी व्यवस्था गरेको देखिने । (प्रकरण नं. १०) (२) होटल उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०३८ अनुसार उद्योगको वर्गीकरण गर्दा पर्यटन उद्योग अन्तर्गत राखिएको देखिन्छ, यस्तो अवस्थामा कर कार्यालय काठमाडौंले आर्थिक ऐन अनुसार भनी थप ५ प्रतिशत कर लिने गरी गरेको कर निर्धारण आदेशलाई सदर गरी गरेको फैसला आदेश मिलेको नभई त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2883
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेशको रिट वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2883
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्