नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2867 · वि.सं. २०४३

नि.नं. 2867 — कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सक्कल लिखत हेरिएमा लिखतको सबै हरफहरूको मसी फुलेको र लिखतको शिर हरफको “लिखतम” शब्दको “लि” भन्ने अक्षर अगाडि अनावश्यक “आ” अक्षरको धर्सो देखिएको त्यसको अलावा ठाउँ ठाउँमा अक्षरहरूमा दोहरा धर्सो पनि देखिएको मिति बन्दका अक्षरहरू पनि अरु हरफ मिलान नदेखी पुछारको कारणीको सहि र ल्याप्चे नछोओस भनी कसी लेखिएको देखिएको र लिखतको बीचमा कुनै थपकेर नभएको ठाउँमा पनि दुई ल्याप्चेको रेखाहरू देखिन आएको सो ल्याप्चेका रेखाहरू विपक्षीको जिकिर बमोजिम कागज पट्याउँदा सर्न गएको भन्ने अवस्था समेत नदेखिएकोबाट रेखा तथा लेखा विशेषज्ञको राय समर्थित हुन नआएकोबाट त्यस्तो लिखतलाई सद्दे नठहराई कीर्ते ठहराएको शुरुको इन्साफ उल्टो गरेको मिलेको नदेखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2867
मुद्दाको विषयकीर्ते
निर्णय वर्ष / मिति2043/09/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2867
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्