नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2871 · वि.सं. २०४३

नि.नं. 2871 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घरसारको लिखत रजिष्ट्रेशन पारित गराई लिन नसकेको अवस्थामा राजीनामा लिखतमा उल्लिखित अचल सम्पत्ति साहुले पक्रन दावी गर्न नपाउने तर परेको थैली र ऐन बमोजिम व्याज सम्पत्ति भोग गर्नु नपाएको अवस्थामा भराई लिन पाउने । (प्रकरण नं. १४) (२) लिखत रजिष्ट्रेशन पारित नभए सम्म त्यस्तो पारित नभएको लिखतबाट सम्पत्ति पक्री भोगचलन गर्न पाउने कुरा नहुने । (प्रकरण नं. १५) (३) भोग गरेको सबूद प्रमाणबाट पुष्टि नभए सम्म सम्पत्ति भोग गरेको भन्न नमिल्ने । (प्रकरण नं. १५) (४) लिखत बमोजिमको अचल सम्पत्ति पक्रन र भोग गर्न नपाएको अवस्थामा वादी दावी बमोजिम साँवा रकमको ऐन बमोजिम हुने व्याज प्रतिवादीबाट भराई लिन नपाउने भन्न कानुन र न्यायको दृष्टिबाट नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2871
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2043/09/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब हुँदा उक्त राय सदर हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादीबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले दावी लिखतमा ब्याज पाउने भन्ने उल्लेख छैन | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधानको राय मनासिब ठहर्छ । वादी दावी बमोजिम ब्याज भरी नपाउने ठहराएको हदसम्म शुरु जि.अ.तथा जनकपुर अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।१०।१४ को फैसला मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४३, नि.नं. 2871
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्