सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२१ / ४४०

नि.नं. 2853वि.सं. २०४३संयुक्त इजलास

सन्धी जग्गा निखनाई पाउँ

(१) जग्गाको स्थितिबाट वादी दावी बमोजिम वादीको जग्गाको सन्धिसर्पन पर्ने नै देखिएको र वादी सन्धिसर्पन पर्ने हकवाला भएकोमा पनि विवाद देखिन आएन, तसर्थ वादी दावी बमोजिम निखन्न पाउने ठहर्‍याएको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2852वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

(१) जिल्ला कार्यालयमा परेको निवेदन गा.पं.मा लेखी पठाई गाउँ पञ्चायत न्याय समितिले निर्णय गरेको र सो उपर जिल्ला न्यायिक समितिले पुनरावेदन सुनी गरेको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2851वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) विवादको जग्गाको गुठीयार अर्कै भएको र गुठीको जग्गा निवेदकहरूले आफ्नो नाममा दर्ता गरी मालपोत बुझाई भोगी आएको देखिएबाट गुठी चलाउने दायित्व निवेदकहरूमा रहेको भन्न मिल्ने देखिएन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2850वि.सं. २०४३संयुक्त इजलास

कर्तव्य ज्यान

(१) आफूलाई कुटपिट गर्न लागेकोबाट तत्काल उठेको रिस थाम्न नसकी साधारण कटबाँसको लाठीले पिटेकोबाट मृत्यु भएको भन्ने देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. २५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2849वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) उद्योग नै संस्थापित भई नसकेको विषयमा कम्पनी ऐन, २०२१ आकर्षित हुने देखिँदैन किनभने कुनै पनि संस्थापित कम्पनी खारेज गर्ने सम्बन्धमा मात्र यो ऐन प्रयुक्त हुने । (प्रकरण नं. ८) (२) औ.प्र.समितिले इजाजत पत्र रद्द गर्न सिफारिश गर्न सक्ने कानुनी व्यवस्था भएको पाइँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2848वि.सं. २०४३संयुक्त इजलास

चोरी

(१) सयकडा १५ भन्दा बढी नाफा हुने गरी कागज नगरी सामान किनेको रहेछ भने चोरीको भनी जानी जानी खरीद गरेको अनुमान गर्नु पर्ने । (प्रकरण नं. २८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2847वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) पुनरावेदन परेकोबाट त्यसबाट कानुन अनुसार निर्णय हुने नै हुँदा पुनरावेदनको निर्णय बाँकी छँदाछँदै निवेदकको माग बमोजिम पु.क्षे.प्र.का.को निर्णय उपर रिट क्षेत्रबाट हाल निर्णय गर्न मिलेन । (प्रकरण नं. २२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2846वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) कानुनले अधिकार दिए बेगर पत्रिका बन्द गर्ने अधिकार श्री ५ को सरकारलाई छ भनेर मान्न मिल्दैन । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2845वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) कारवाहीको सिलसिलामा गा.पं.बाट पठाएको म्याद निवेदकको घरदैलामै टाँस गरिँदा पनि उपस्थित हुन नआएको हुँदा कारवाही रोहवरमा राखिएन भन्ने जिकिर युक्तिसंगत देखिँदैन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2844वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण

(१) मोहीको मृत्यु भन्दा अगाडि निजको छोराले बाली बुझाएको भए तापनि जग्गाधनीले सोही छोरालाई मोहीको मृत्यु पछि पनि पत्याएको भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. १०) (२) मोहीको मृत्यु पछि मोही रोज्न पाउने हक जग्गावालालाई रहने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2843वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेशको आदेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

(१) जिल्ला र अञ्चल अदालत समेतबाट वादीको फिराद हदम्यादभित्र परेको भन्दै नक्शा समेतको सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गरेको देखिएको र उक्त निर्णयमा कानुनी त्रुटि नभएको भन्दै पुनरावेदनको अनुमति नदिने ठहर्‍याई गरेको आदेश समेतमा कानुनी त्रुटि विद्यमान नहुँदा रिट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2842वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) मोही मरेपछि सो मोही हक निजको नातिलाई प्राप्त हुनसक्ने ऐनले व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2841वि.सं. २०४३पूर्ण इजलास

अंश

(१) अंश भइसकेको भन्ने तथ्ययुक्त सबूद प्रमाण बेगर वादी प्रतिवादीहरूका बीच अंशबण्डा भइसकेको भन्न मिल्ने अवस्था नहुँदा अंश भइसकेको भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2840वि.सं. २०४३पूर्ण इजलास

अंश

(१) अंश मुद्दामा निर्णय गर्दा अदालतमा वादीले फिराद लिई प्रवेश गर्दाको समय बहाल रहेको ऐन बमोजिम निर्णय गर्नु पर्ने हुन्छ । (प्रकरण नं. १४) (२) एकासगोलमा रहे बसेका अवस्था एकासगोलमा कुनै अंशियारले आर्जन गरेको सम्पत्ति अंशबण्डाको १८ नं. ले सगोलको सम्पत्ति मान्नु प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2839वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) हक बेहक छुट्याउन पर्ने बाहेक घर, पाताल, सडक, नाली सन्धिसर्पन सम्बन्धी मुद्दा तत्कालीन प्रचलित ऐन बमोजिम नगर पञ्चायतले हेर्न पाउने । (प्रकरण नं. ११) (२) सबूद प्रमाण बुझी ठहर निर्णय गर्न पाउने अधिकार नगर पञ्चायतलाई भएको देखिँदैन । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2838वि.सं. २०४३पूर्ण इजलास

बाहाल भराई चलन चलाई पाउँ

(१) कबूलियत गरी बहालमा बसेको कुरामा कुनै विवाद देखिन्न, सो कबूलियतमा बाहालमा बसेको घर पसल यस समयमा छाडी दिने भन्ने समय तोकिएको पनि देखिन्न । उक्त बाहाल कबूलियत करार ऐन, २०२३ प्रारम्भ हुनुभन्दा अगावै भएको पाइन्छ । प्रस्तुत मुद्दा मुलुकी ऐन घर बनाउनेको महल अन्तर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2837वि.सं. २०४३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अंशबण्डाबाट भएको आधा घर निखनाई पाउँ भनी प्रत्यर्थीले निखन्न उजूर गरेकोमा निजले मात्र निखन्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2836वि.सं. २०४३संयुक्त इजलास

कर्तव्य ज्यान

(१) बालक पैदा भएपछिबाट कर्तव्य गरी मारी फालेको भन्ने सबूद प्रमाण कतैबाट देखिन आउँदैन यसरी कर्तव्य गरी मारेकै हो भन्ने कुनै ठोस प्रमाण कतैबाट गुज्रन नआएको हुँदा जन्मेको बालकलाई कर्तव्य गरी मारेको भन्न केवल मरेको बच्चाको लाश फेला परेको प्रहरीको जाहेरीको आधार र ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2835वि.सं. २०४३संयुक्त इजलास

अंश

(१) अंशियार देखाएपछि अ.बं.१३९ नं.बमोजिम अंशियारहरूलाई बुझी निर्णय गर्नु पर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2834वि.सं. २०४३संयुक्त इजलास

अंश

(१) अंशबण्डाको १ नं.ले व्यवस्था गरे अनुसार जति अंशियार जीवित हुन्छ तिनीहरूको बीचमा भाग बण्डा गर्नु पर्ने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2833वि.सं. २०४३संयुक्त इजलास

जग्गा खिचोला

(१) कानुन बमोजिम पास समेत गरी राजीनामा दिएको लिखतबाट हक कायम हुन नसक्ने भनी भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2832वि.सं. २०४३संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

(१) बर्खास्त गर्दा भविष्यमा अयोग्य ठहरिने गरी भन्ने लगाइएको अभियोग सम्म हटाई दिने हुकुम प्रमांगी बक्स भएको देखिन आएकोले श्री ५ को सरकारले सोही बमोजिम निवेदकहरूको उपर २०४१ साल बैशाख १ गते देखि लागू हुने गरी भविष्यमा अयोग्य ठहरिने गरी लागेको अभियोग हटाउने गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2830वि.सं. २०४३संयुक्त इजलास

कर्तव्य ज्यान

(१) रिस परेकोमा झुठ्ठा आरोप समेत लाग्न सक्ने हुनाले शंकारहित तवरबाट प्रतिवादीहरूको कर्तव्यले ज्यान मरेको अवस्था वादी पक्षबाट प्रमाणित हुन नसकेको हुनाले प्रतिवादीहरूले सफाई पाउने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →