नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2839 · वि.सं. २०४३
नि.नं. 2839 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हक बेहक छुट्याउन पर्ने बाहेक घर, पाताल, सडक, नाली सन्धिसर्पन सम्बन्धी मुद्दा तत्कालीन प्रचलित ऐन बमोजिम नगर पञ्चायतले हेर्न पाउने । (प्रकरण नं. ११) (२) सबूद प्रमाण बुझी ठहर निर्णय गर्न पाउने अधिकार नगर पञ्चायतलाई भएको देखिँदैन । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2839 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/09/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई ०४२।१२।१० मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी नगर पञ्चायत तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले सर्भे नक्शामा बाटो नदेखिएको बाटोको सबूद समेत आउन नसकेकोबाट समेत रिट निवेदकहरूको उजूरी खारेज गरी नगर पञ्चायतबाट निर्णय भएकोमा कुनै त्रुटि छैन । रिट निवेदन खारेज गर्ने गरेको माननीय न्यायाधीश श्री हरगोविन्द सिंहको राय सदर हुनुपर्दछ भन्ने समेत र प्रत्यर्थी राजबहादुर तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले नक्शा दर्खास्त परेकोमा उजूर परी हक बेहकको प्रश्न उठेमा अदालतमा जानु भनी सुनाउनु पर्ने नगर पञ्चायत ऐनको दफा ४९(२) ले व्यवस्था गरेको छ । तर प्रस्तुत मुद्दा नक्शा दर्खास्त परी उजूर परेको होइन बाटो कायम गरी पाउँ भन्ने उजूर परेको छ । न.पं.ऐनको दफा १७(ढ) ले हक बेहक परेको बाहेकको उजूरी हेर्ने हो तसर्थ नक्शाबाट समेत बाटो नदेखिएको भनी उजूरी खारेज गरेको का.न.पं.को निर्णय कानुनसंगत हुँदा रिट निवेदन खारेज गर्ने गरेको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2839 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
