नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2838 · वि.सं. २०४३
नि.नं. 2838 — बाहाल भराई चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कबूलियत गरी बहालमा बसेको कुरामा कुनै विवाद देखिन्न, सो कबूलियतमा बाहालमा बसेको घर पसल यस समयमा छाडी दिने भन्ने समय तोकिएको पनि देखिन्न । उक्त बाहाल कबूलियत करार ऐन, २०२३ प्रारम्भ हुनुभन्दा अगावै भएको पाइन्छ । प्रस्तुत मुद्दा मुलुकी ऐन घर बनाउनेको महल अन्तर्गत फिराद परेको देखिन्छ, यस स्थितिमा करार ऐन, २०२३ प्रस्तुत मुद्दामा आकर्षित हुन्छ भन्न मिल्ने देखिन्न । (प्रकरण नं. १६) (१) घर पसल आफैंलाई चाहिएको भनी दावी गरेको देखिन्छ, ऐनले व्यवस्था गरे अनुसार कबूलियत गरी प्रतिवादी बाहालमा बसेको घर पसल वादीलाई चलन छाडी दिनु नपर्ने तथ्ययुक्त आधार प्रतिवादीले दिनसकेको छैन, घर पसल वादी आफैंलाई चाहिएको भनी दावी लिई आएको अवस्थामा प्रतिवादीलाई कबूलियत गराई बाहालमा दिएको घर पसल वादीले चलन पाउँदैन भन्न कानुन र न्यायको दृष्टिबाट मिल्ने नदेखिने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2838 |
|---|---|
| मुद्दाको विषय | बाहाल भराई चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2043/09/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2838 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
