नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2856 · वि.सं. २०४३
नि.नं. 2856 — दर्ता गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सनातनदेखि चली आएको आँगन देवताको गुठीको जेथामा गुठीयारको हक गुठीको सनातनदेखि चली आएबमोजिमको धर्म पूजाआजा चलाई राखी सामूहिक रुपले स्थिति बन्देज अनुसार भोगचलन गर्न पाउने सम्म मात्र हो एकलौटी कसैको हक हुने कुरा हुँदैन, मास्न नास्न कसैलाई हक छैन । (प्रकरण नं. १९) (२) मुलुकी ऐन गुठीको महलको ३ नं. अनुसार आफ्नो हक छाडी गुठी राखेकोमा सो गुठी राख्ने वा उनका सन्तान वा हकदारले गुठीको दानपत्र सिलापत्र समेतका लिखत बमोजिम काम चलाई शेष जगेडासम्म मात्र खान पाउने लेखिए बाहेक बेच विखन दानदातव्य वा कुनै किसिमले हक हस्तान्तरण गर्न पाउँदैन भनी प्रष्ट उल्लेख गरेको हुँदाहुँदै प्रस्तुत विवादीत घर पसलमा वादीको एकलौटी हक भएको भन्ने क्षेत्रीय अदालतले उठाएको तर्क २००८।४।१६।३ को दानपत्र बकसपत्र तथा गुठीको ३ नं. समेतले त्रुटियुक्त देखिँदा मिलेको देखिएन । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2856 |
|---|---|
| मुद्दाको विषय | दर्ता गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2043/09/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2856 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
