नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2870 · वि.सं. २०४३
नि.नं. 2870 — बाली भराई मोहीबाट निष्कासन गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहीको भाइलाई मोही हक प्राप्त हुनसक्ने नदेखिँदा मर्ने प्रतिवादी पुनरावेदकको भाइले प्रस्तुत मुद्दा सकार गर्न हकदैया नपुग्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2870 |
|---|---|
| मुद्दाको विषय | बाली भराई मोहीबाट निष्कासन गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2043/10/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई मिति ०४२।११।९ मा फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब हुनुपर्दछ भन्ने बहस गर्नु भयो । विपक्षी वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मोही पुनरावेदक मोती महर्जन मरी सक्यो । सो मोहियानी हकको हकदार निजको भाइ लाल महर्जन हुन सक्तैन । निजले मोही हक पाउन सक्दैन । तसर्थ निजले सकार गर्न पाउँदैन । मोही मोती महर्जनले एक वर्ष सम्म जग्गामा खेती नगरी बाझो राखेको छ । सो कुरा साक्षी सरजमीनबाट पुष्टि भई मोही निष्कासन गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोलाको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2870 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
