नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2866 · वि.सं. २०४३
नि.नं. 2866 — अपुताली दर्ता नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अघिल्लो लोग्नेको सम्पत्तिमा अपुतालीबाट आफ्नो हक कायम गराई लिएपछि यदि विपक्षी सित पोइल जान्छ भने स्त्री अंश धनको ६ नं. ले अघिल्लो लोग्नेतर्फको सम्पत्तिमा कुनै हक कायम नरही अघिल्लो लोग्नेतर्फको कानुन बमोजिम हकवालाले खान पाउने व्यवस्था भएको र अघिल्लो लोग्नेको छोरी भएको र अपुतालीको २ नं.ले निज मरेपछि निजको हक खाने अरु कानुन बमोजिमको नजिकका हकदार नभए बाँकी छोरीले पाउने स्पष्ट कानुनी व्यवस्था भएकोले छविराजको नाउँको सम्पत्तिमा वादी दावी बमोजिम वादीको हक कायम भई नामसारी समेत गरी पाउने ठहर्छ । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2866 |
|---|---|
| मुद्दाको विषय | अपुताली दर्ता नामसारी |
| निर्णय वर्ष / मिति | 2043/09/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2866 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
