सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २०१ / ४४०

नि.नं. 6713वि.सं. २०५६पूर्ण इजलास

(१)   देहायका मुद्दाहरु पूर्ण इजलासबाट हेरिने छनः

अंश चलन

§ सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) को व्यवस्था अन्तर्गत हेरिने कार्य सर्वोच्च अदालतले आफैंले फैसला गरेको मुद्दा आफैले पुनरावलोकन गरी हेरेको भन्न मिल्ने देखिन्न । सर्वोच्च अदालतबाट फैसला वा अन्तिम निर्णय भएको मुद्दा दोहोराई हेर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6712वि.सं. २०५६संयुक्त इजलास

जोत लगत कट्टा गरी पाउँ

§ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २(ख) ले गरेको मोहीको परिभाषा अनुसार “मोही” भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान संझनु पर्छ भन्ने परिभाषा गरेको देखिन्छ तर एकै घर परिवारको व्यक्ति (भाउजु)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6711वि.सं. २०५६संयुक्त इजलास

निर्णय वदर वण्डा वदर गर्दा वदर

§ वादीले आफ्नो दावीको पुष्ट्याइको लागि मोहीको १ नं. लगत, ७ नं. फाटवारी एबं फिल्डवुक उत्तार समेत पेश गरेको पाइन्छ । तर सो १ नं. लगत, ७ नं. फाटवारी एबं फिल्डवुकमा नाम जानिएकै आधारमा मात्र कुनै जग्गामा उक्त व्यक्तिको हक पुग्ने हो भनि मान्न मिल्ने होइन । वादीको कि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6710वि.सं. २०५६संयुक्त इजलास

हक कायम वण्डापत्र लिखत वदर दर्ता

§ मिति ०३७।१।८ मा भएको अंशवण्डाको कागज प्रतिवादीहरु वावु शेख मसिर र छोरा शेख मजारुल बीच मात्र भएको देखिन्छ उक्त वण्डापत्र सवै अंशियार बीच भएको पनि देखिदैन । मुलुकी ऐन अंशवण्डाको महलको १ नं. मा अंशवण्डा गर्दा वावु आमा स्वास्नी छोराहरुको जियजियको अंश गर्नु पर्छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6709वि.सं. २०५६संयुक्त इजलास

लिखत वदर ।

लिखत वदर

§ मुलुकी ऐन अंशवण्डाको १९(१) नं. हेर्दा पिता पुर्खाको पालाको अचल सम्पत्तिको हकमा आधि सम्म घर व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधिवा वुहारीको मंजुरी नभए पनि पनि आफूखुख गर्न पाउछ । अचलमा आधि भन्दा बढी भने व्यवहार चलाउने परे पनि २१ वर्ष नाघेका स्वास्नी छोरा र व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6708वि.सं. २०५६संयुक्त इजलास

निषेधाज्ञा ।

निषेधाज्ञा

§ फैसला र कानून बमोजिम विगोभरी भराउ हुने कार्यलाई आशंकाको स्थिति देखाई विगो भरी पाउँ भन्ने व्यक्तिलाई विपक्षी समेत नवनाइएको निषेधाज्ञाको निवेदनबाट कारवाही रोक्न कानूनसंगत पनि नहुने हुँदा माग बमोजिम निषेधाज्ञाको आदेश जारी गर्न मिलेन तसर्थ निषेधाज्ञाको निवेदन खा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6707वि.सं. २०५६संयुक्त इजलास

करार अनुसारको सांवा व्याज दिलाई पाऊँ ।

§ पुनरावेदन अदालतको क्षेत्राधिकार सम्बन्धि न्याय प्रशासन ऐन, २०४८ को व्यवस्था हेर्दा दफा १४ को खण्ड (ख) ले पुनरावेदन सुन्ने अदालतले तल्लो अदालतले गर्न पाउने फैसला गर्न पाउने गरी क्षेत्राधिकारको व्यवस्था भएकै देखिन्छ । शुरु पर्सा जिल्ला अदालतको खारेजी फैसलालाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6706वि.सं. २०५६संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ पुनरावेदकले कर्जा लिएको लिखत कपाली तमसुक होइन, करार हो करारमा फिराद गर्ने हदम्याद नघाई फिराद परेकोले खारेज हुनु पर्दछ र अ.वं. ७२ नं. विपरित छुट्टाछुट्टै लिखतको विषयमा एउटा मात्र फिराद परेको मिलेको छैन भनी वहस समेतमा जिकिर लिएको देखिन आउँदछ । एकै दिन, उही पक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6705वि.सं. २०५६संयुक्त इजलास

विक्रिकर फिर्ता ।

विक्रिकर फिर्ता

§ विक्रि कर लाग्ने नलाग्ने कुरा कानून व्दारा निर्धारित हुने विषय हुँदा विक्री कर दाखिल गरेकै कारण सम्मले विक्रि कर लाग्ने भन्न नमिल्ने । (प्र. नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6704वि.सं. २०५६संयुक्त इजलास

आयकर ।

आयकर

§ विपक्षी कम्पनीले कर्मचारी संचय कोषबाट ऋण लिई होटल सोल्टीको शेयर किनेको र सो शेयरबाट लाभांस प्राप्त भए पनि आयकर ऐन, २०३१ को दफा ४२(घ) ले शेयर होल्डरले पाउने लाभासंमा कर नलाग्ने हुँदा सो शेयर लगानी कर लाग्ने आय आर्जनको लागि गरिएको भन्न मिलेन । साथै उक्त ऋण आय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6703वि.सं. २०५६संयुक्त इजलास

उत्प्रेषण

§ दुनियाको लेनदेन मुद्दामा उजुरी सुनी कारवाही गर्ने अधिकार गा.वि.स.लाई नभएकोमा विपक्षी सरस्वती गा.वि.स.ले त्यस्तो उजुरी लिई कारवाही समेत गरी निवेदकलाई रु ५०। जरिवाना गर्ने गरी मिति ०५१।८।४ मा निर्णय गरेको देखिएको हुँदा सरस्वती गा.वि.स. को उक्त निर्णय उत्प्रेषण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6702वि.सं. २०५६संयुक्त इजलास

परमादेश ।

परमादेश

§ विपक्षी बनाएको अदालतको तर्फबाट सो अदालतको प्रमुखको हैसियतले जिल्ला न्यायाधिशले पुनरावेदन गरेको देखिदा जिल्ला अदालतको न्यायाधीश भन्ने उल्लेख भएको कारणले पुनरावेदन नै लाग्ने नलाग्ने भनी भन्न मिल्ने नदेखिने । (प्र.नं.१६) § अंचल अदालतको आदेश अन्तिम रुपमा रहेको अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6701वि.सं. २०५६पूर्ण इजलास

उप्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।

§ वोलकवोलका आधारमा व्यापारिक प्रयोजनका लागि आयातित समानमा औद्योगिक व्यवसाय ऐन अनुरुप अतिरिक्त भन्सार महशुल छुट हुन सक्ने अवस्था देखिदैन । जहाँसम्म मिति २०४४।९।१३ गते प्रकाशित नेपाल राजपत्रको सूचना नं. २ को प्रसंग छ, सो सूचनामा उद्योगका लागि चाहिने कच्चा पदार्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6700वि.सं. २०५६पूर्ण इजलास

उत्प्रेषण लगायतको उपयुक्त आदेश जारी गरी पाउँ

§ विवादित जग्गाको लिलाम सकार गरी लिने बबुएलाल भगतले उक्त निर्णयहरु उपर उजूर बाजूर केही नगरी बसेबाट समेत झापा जिल्ला अदतलको निर्णय अन्तिम भई बसको र उक्त निर्णयबाट विवादित जग्गामा बबुएलाल भगतले उक्त निर्णहरु उपर उजूर बाजुर केहि नगरी बसेबाट समेत झापा जिल्ला अदालत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6699वि.सं. २०५६पूर्ण इजलास

अदालतको अवहेलनामा कार्यवाही गरी पाऊँ ।

§ लिखित जवाफ आएपछि पनुः विचार गर्ने गरी चुंगीकर असूल नगर्नु भनी विपक्षी भरतपुर नगरपालिकाको नाममा अन्तिरिम आदेश यस अदालतबाट भएको देखिन्छ । सो आदेशको रीतपुर्वकको जानकारी विपक्षी ठेकेदारलाई भएको अवस्था देखिन आउँदैन । भरतपुर नगारपालिकाको लिखित जवाफमा पनि ठेकेदारला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6698वि.सं. २०५६विशेष इजलास

परमादेश समेतको आदेश जारी गरी पाउँ ।

§ प्राकृतिक न्यायको सिद्धान्तको प्रयोग कानूनमा प्रष्टरुपमा किटानी व्यवस्थाका सम्बन्धमा लागू हुने नभई कानूनले प्रष्ट व्यवस्था नगरेको कुरामा लागु हुने सैद्धान्तिक विषय हो । कानून निर्माताले कानून निर्माण गर्दा र कानूनले प्रष्टरुपमा निषेध नगरेको अवस्थामा प्राकृति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6697वि.सं. २०५६विशेष इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

§ नेपाल अधिराज्यको संविधान, २०४७ जारी हुनु पूर्व नै कायम रही रहेको भन्सार गस्ती सम्बन्धी नयाँ व्यवस्थालाई निवेदकले आफू उक्त सेवामा नियुक्त हुँदाको अवस्थामा स्वीकार समेत गरीसकेको र निजले आफूलाई सेवाबाट अवकाश दिनुभन्दा अघि सम्म स्वीकार गरिरहेकोमा अवकाश दिए पछि म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6696वि.सं. २०५६पूर्ण इजलास

दाखिल खारेज नामसारी ।

§ हदम्याद भन्ने प्रश्नको छुट्टै अस्तित्व रहन्छ । कानून बमोजिमको हदम्याद भित्र नालिस गरिनु पर्ने हुन्छ । कानूनी म्याद छ छैन सो सम्बन्धमा स्वयं पक्ष नै जागरुक हुनु पर्दछ, अन्यथा कानूनी हक गुम्न जाने हुन्छ । हदम्यादको प्रश्न भएकोले जुनसुकै अड्डाले पनि मुद्दामा ठह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6695वि.सं. २०५६संयुक्त इजलास

लिखत वदर ।

लिखत बदर

§ नावालक आफै र आफ्ना एकाघरमा अंशियार दाजुहरु समेत भै संयुक्त रुपमा अदातलमा उपस्थित भै फिराद पत्र दिएको देखिन्छ । यसरी नावालक टंक प्रसाद आफ्ना एकाघरका दाजुहरु समेत भै संयुक्त रुपमा स्वयं अदालतमा उपस्थित भै एउटै फिराद पत्रमा दावी दिई फिराद पत्र दर्ता गराएको अवस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6694वि.सं. २०५६संयुक्त इजलास

हक कायम दर्ता

§ अंशवण्डा गर्नुपर्ने संगोलको संपति जुनसुकै अंशियारको नाममा दर्ता कायम रहेको भए पनि अंशियाराहरुमा वण्डा लाग्नेमा त्यस्तो संपत्ति तायदातीमा नदेखाई दवाए छिपाएको देखिएको हुँदा वादीको नाउँमा एकलौटी हक कायम दर्ता हुन ठहराएको पुनरावेदन अदालत हेटोडाको निर्णय मनासिव ठ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6693वि.सं. २०५६संयुक्त इजलास

लुटपिट ।

लुटपिट

§ वादीले जुन जग्गामा लुटपिट भाये भनी दावी लिएको छ सो जग्गाको स्रोत लिलामी सकार भएको र उक्त लिलाम सम्बन्धी सम्पुर्ण कारवाही र सो जग्गाको दा.खा. समेत वदर भैसकेको स्थितिमा जुन आधारबाट वादीले आफ्नो हक भोगको भनी दावी रहेको सो आधार नै वदर भै कि.नं. ४३१ को जग्गामा वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6692वि.सं. २०५६संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ४२ बमोजिम प्रस्तुत मुद्दा तत्काल अंचल अदालतमा दायर गर्ने कानूनी व्यवस्था भैरहेकोमा सो दफा न्याय प्रशासन सुधार ऐन (चौथो संशोधन ) लागू भए पश्‍चात २०४३।७।२४ मा खारेज भएपनि प्रस्तुत मुद्दा सो मिति भन्दा पूर्व नै अर्थात मिति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6691वि.सं. २०५६संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ प्रस्तुत वारदातमा मर्ने पवित्रा कुमारी पाण्डेको काखमा रहेकी भन्ने देखिनेमा निजलाई खुकुरी प्रहार गर्द छोरीलाई समेत लाग्न सक्ने अवस्था रहेको देखिन्छ । त्यस्तोमा खुकुरी प्रहार गरेकोमा मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. ले भवितव्य र ऐ. १४ नं ले आवेशप्रेरित हत्या ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6690वि.सं. २०५६संयुक्त इजलास

कीर्ते जालसाज ।

कीर्ते जालसाज

§ हद म्याद सम्बन्धी प्रश्न कानूनी एबं प्राविधिक प्रश्न भएकोले त्यस्तो कानूनी प्रश्न जहिले सुकै पनि विचार योग्य हुन्छ । जुनसुकै उजूरी कानूनले तोकेको हद म्याद भित्र दायर हुनु पर्छ, यो सर्वमान्य सिद्धान्त हो । कानूनले यो भनी समयभित्र यो यस्तो प्रकारको उजुरी दिई स…

नजिर सार पढ्नुहोस् →