नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6694 · वि.सं. २०५६
नि.नं. 6694 — हक कायम दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंशवण्डा गर्नुपर्ने संगोलको संपति जुनसुकै अंशियारको नाममा दर्ता कायम रहेको भए पनि अंशियाराहरुमा वण्डा लाग्नेमा त्यस्तो संपत्ति तायदातीमा नदेखाई दवाए छिपाएको देखिएको हुँदा वादीको नाउँमा एकलौटी हक कायम दर्ता हुन ठहराएको पुनरावेदन अदालत हेटोडाको निर्णय मनासिव ठहर्छ । अव कि.नं. २६७ को जग्गाको हकमा विचार गर्दा उक्त विवादित जग्गा वादी वा प्रतिवादी कसैको नाऊँमा दर्ता नभएको अवस्थमा अशवण्डाको ३५ नं. बमोजिम भिन्न भिन्न जिउ सम्म मात्र नालेस लाग्ने कानूनी प्रावधान रहेको र प्रस्तुत मुद्दा तत्कालीन वादी प्रतिवादीको स्वर्गवास भइसके पछि परेका हुँदा त्यस्तो नालेस लाग्नै नसक्ने भएकोले सो सम्बन्धमा शुरु पर्सा जिल्ला अदालतले कि.नं. २६७ को जग्गाको हकमा वादी दावी खारेज गरेको निर्णय मनासिव ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6694 |
|---|---|
| मुद्दाको विषय | हक कायम दर्ता |
| निर्णय वर्ष / मिति | 2055/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6694 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
