नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6701 · वि.सं. २०५६
नि.नं. 6701 — उप्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वोलकवोलका आधारमा व्यापारिक प्रयोजनका लागि आयातित समानमा औद्योगिक व्यवसाय ऐन अनुरुप अतिरिक्त भन्सार महशुल छुट हुन सक्ने अवस्था देखिदैन । जहाँसम्म मिति २०४४।९।१३ गते प्रकाशित नेपाल राजपत्रको सूचना नं. २ को प्रसंग छ, सो सूचनामा उद्योगका लागि चाहिने कच्चा पदार्थमा सम्बनिधत विभागको सिफारिशमा मात्र भन्सार महसुल तथा विक्रीकरमा छुट दिने गरि व्यवस्था गरिएको देखिन्छ । तर पशुपति खाद्य तेल उद्योग प्रा.लि ले आयात गरेको सोयाविन तेल, उद्योगको उत्पादन कार्यमा प्रयोग गर्ने प्रयोजनका लागि नभै व्यापारिक प्रयोजनका लागि आयात गरेको देखिँदा भन्सार ऐन, बमोजिम पनि अतिरिक्त भंसार महशुल छुटको माग गर्न नमिल्ने प्र.क. १३ निवेदकको सामान छुटाउदा राखेको धरौटीको सम्बन्धमा भंसार कार्यालयले गरेको निर्णयमा चित्त नबुझे भंसार ऐन, २०१६ बमोजिम राजश्व न्यायधिकरणमा पुनरावेदन लाग्ने वैकल्पिक उपचारको कानुनी प्रावधान विद्यमान रहेको देखिनुका साथै निवेदकले आयात गरेको माल औद्योगिक कच्चा पदार्थ भन्ने सिफारिश उद्योग विभागबाट भएको देखिदैन । निवेदकको दरखास्त फारमको व्यहोरा र निवेदकले गरेको कवुलियतको लिखतको व्यहोराबाट नै आयातित समान व्यापारिक प्रयोजनको लागि देखिएको अवस्थामा निवेदन जिकिर मनासिब देखिदैन । यसरी निवेदक स्वयंले लिखतबाट व्यापारिक प्रयोजनको लागि आयात इजाजत पत्र माग गरि कवूलियत गरको व्यवस्था लुकाइ यस अदालतमा प्रवेश गर्दा सफा हात लिई प्रवेश नगर्ने निवेदकलाई यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरि उपचार प्रदान गर्नु उपयुक्त नदेखिनुका साथै निवेदकको कुनै मौलिकहक वा कानूनी हकमा आघात परेको नदेखिंने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6701 |
|---|---|
| मुद्दाको विषय | उप्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2055/09/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6701 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
