नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6706 · वि.सं. २०५६

नि.नं. 6706 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदकले कर्जा लिएको लिखत कपाली तमसुक होइन, करार हो करारमा फिराद गर्ने हदम्याद नघाई फिराद परेकोले खारेज हुनु पर्दछ र अ.वं. ७२ नं. विपरित छुट्टाछुट्टै लिखतको विषयमा एउटा मात्र फिराद परेको मिलेको छैन भनी वहस समेतमा जिकिर लिएको देखिन आउँदछ । एकै दिन, उही पक्षहरुका बीच एकै विषयमा भएका लिखत बमोजिमको रकम दिलाई पाउँ भन्ने दावा देखिँदा अ.वं. ७२ नं. विपरित भन्न मिलेन । वादीले कपाली सरहको लिखत भएकोले साँवा व्याज भराई पाउँ भनी दिएको फिरादको प्रतिवाद गर्दा उक्त लिखत लेनदेन प्रकृतिको कारोवारको लिखत नभई करार प्रकृतिको हो भन्ने जिकिर प्रतिवादीले लिएको देखिएन । कुनै व्यापारिक कारोवारको सम्बन्धमा लिखत भएको समेत देखिदैन । तसर्थ वादी दावी बमोजिम साँवा व्याज रकम भराई दिने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6706
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2053/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6706
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्