नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6709 · वि.सं. २०५६
नि.नं. 6709 — लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन अंशवण्डाको १९(१) नं. हेर्दा पिता पुर्खाको पालाको अचल सम्पत्तिको हकमा आधि सम्म घर व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधिवा वुहारीको मंजुरी नभए पनि पनि आफूखुख गर्न पाउछ । अचलमा आधि भन्दा बढी भने व्यवहार चलाउने परे पनि २१ वर्ष नाघेका स्वास्नी छोरा र विधवा वुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । प्रस्तुत मुद्दामा वादी दावीको लिखत २०४७।३।५ मा पारीत हुँदाकाअवस्था वादीको जन्ममिति २०२९।५।४ ले निजको उमेर २१ वर्ष पुरा भएको भन्ने देखिदैन तसर्थ उल्लेखित कानूनी व्यवस्थाबाट २१ वर्ष नाघेको छोराको मात्र मंजुरी लिनुपर्ने भएबाट वादीको उमेर २१ वर्ष पुगि नसकेको अवस्थामा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6709 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2055/06/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6709 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
