नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6692 · वि.सं. २०५६
नि.नं. 6692 — लेनदेन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ४२ बमोजिम प्रस्तुत मुद्दा तत्काल अंचल अदालतमा दायर गर्ने कानूनी व्यवस्था भैरहेकोमा सो दफा न्याय प्रशासन सुधार ऐन (चौथो संशोधन ) लागू भए पश्चात २०४३।७।२४ मा खारेज भएपनि प्रस्तुत मुद्दा सो मिति भन्दा पूर्व नै अर्थात मिति २०४३।७।७।६ मा दायर भै कारवाहीयुक्त अवस्थामा रहेभएको पाइन्छ । त्यस्तो कारवाहीयुक्त अवस्थामा रहेको मुद्दालाई कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ङ) ले खारेज गर्न मिल्ने अवस्था नदेखिँने । (प्र.नं. २८) § राष्ट्रिय वाणिज्य बैङ्क ऐन, २०३१ को दफा ६ मा ऐन बमोजिम बैंकले गर्ने सवै काम कारवाही बैंकको नाममा संचालक समितिले गर्ने छ र संचालक समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरु मध्ये सवै काम कारवाही बैंकको नाममा संचालनक समतिले गर्ने छ र संचालक समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरु मध्ये सवै वा केही अधिकार अध्यक्ष, संचालक वा संचालकहरुको उपसमिति, महाप्रवन्धक वा बैकमा अन्य पदाधिकारीहरुलाई सुम्पन सक्ने छ भन्ने उल्लेख भएको पाइन्छ । सोही व्यवस्था बमोजिम संचालक समितिको मुद्दा दायर गर्ने अधिकार शाखा प्रवन्धकहरुलाई प्रत्यायोजित गरेको देखिएको कारण समेतबाट ०४५ साल दे.पु.इ.नं २०२ पुनरावेदक नेपाल बैंक लिमिटेड श्रीपुर शाखा वि. विहारी लाल तुल्स्यान भएको लेनदेन मुद्दामा शाखा प्रवन्धकलाई मुद्दा गर्ने हकदैया नभएको भन्न मिलेन भनी उल्लेखित मुद्दामा सिद्धान्त कायम भैसकेको समेत पाइन्छ । तसर्थ यस्तो स्थितिमा वादी दावी खारेज हुने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको ०५३।२।१३ को फैसला मिलेको नदेखिँदा वदर हुने । (प्र. नं. २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6692 |
|---|---|
| मुद्दाको विषय | लेनदेन । |
| निर्णय वर्ष / मिति | 2055/06/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6692 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
