नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6695 · वि.सं. २०५६

नि.नं. 6695 — लिखत वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नावालक आफै र आफ्ना एकाघरमा अंशियार दाजुहरु समेत भै संयुक्त रुपमा अदातलमा उपस्थित भै फिराद पत्र दिएको देखिन्छ । यसरी नावालक टंक प्रसाद आफ्ना एकाघरका दाजुहरु समेत भै संयुक्त रुपमा स्वयं अदालतमा उपस्थित भै एउटै फिराद पत्रमा दावी दिई फिराद पत्र दर्ता गराएको अवस्थामा अ.वं. ८३ नं. आकर्षित हुन सक्ने नदेखिने । (प्र.नं. १४) § अंशवण्डाको १९ नं. मा गरेको कानूनी व्यवस्थाले घरको मुख्य वावुलाई मात्र सो अधिकार प्रदान गरेको देखिन्छ । उक्त ऐनले अंशियार दाजु भाइलाई पैतृक सम्पत्ति आफूखुश गर्न पाउने गरी अधिकार प्रदान गरेको पाइदैन । उक्त अंशवण्डाको १९ नं. घरको मूख्य वावु वाहेक अन्य अंशियार दाजुभाइएको हकमा आकर्षित हुन नसक्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6695
मुद्दाको विषयलिखत वदर ।
निर्णय वर्ष / मिति2055/04/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री दीलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6695
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्