नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6710 · वि.सं. २०५६
नि.नं. 6710 — हक कायम वण्डापत्र लिखत वदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मिति ०३७।१।८ मा भएको अंशवण्डाको कागज प्रतिवादीहरु वावु शेख मसिर र छोरा शेख मजारुल बीच मात्र भएको देखिन्छ उक्त वण्डापत्र सवै अंशियार बीच भएको पनि देखिदैन । मुलुकी ऐन अंशवण्डाको महलको १ नं. मा अंशवण्डा गर्दा वावु आमा स्वास्नी छोराहरुको जियजियको अंश गर्नु पर्छ भन्ने उल्लेख छ भने ऐ. को २ नं. मा अंशवण्डा गर्दा अंश पाउने सवैको वरावर अंश गर्नु पर्दछ भन्ने उल्लेख छ । ०३७।१।८ को वण्डापत्र बमोजिम प्रतिवादी शेख मजारुलले वावुको भागमा परेको जग्गा र आफ्नो भागमा परेको भनी देखाएको सम्पत्ति असमान देखिन्छ । यसरी असमान रुपमा र कानूनी रीत समेत नपुगी भएको अंशवण्डाबाट अंश पाउने अंशियारले घटी अंश पाउन भन्ने उद्देश्य गरेको प्रष्ट हुँदा कानूनको रीत समेत नपुगी दुरासय पुर्ण भावनाबाट भएको त्यस्तो लिखत भएकै कारणले अंशियारको हकमा आघात पार्ने प्रष्ट हुँदा ०३७।१।८ को वण्डापत्र लिखत वदर भई सो लिखतमा उल्लेखित अचल सम्पत्तिमा तीन भाग मध्ये एक भागमा प्रत्यर्थी वादीको हक कायम समेत हुने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मनासिव ठहर्छ । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6710 |
|---|---|
| मुद्दाको विषय | हक कायम वण्डापत्र लिखत वदर दर्ता |
| निर्णय वर्ष / मिति | 2055/07/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीलीपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6710 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
