नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6711 · वि.सं. २०५६
नि.नं. 6711 — निर्णय वदर वण्डा वदर गर्दा वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीले आफ्नो दावीको पुष्ट्याइको लागि मोहीको १ नं. लगत, ७ नं. फाटवारी एबं फिल्डवुक उत्तार समेत पेश गरेको पाइन्छ । तर सो १ नं. लगत, ७ नं. फाटवारी एबं फिल्डवुकमा नाम जानिएकै आधारमा मात्र कुनै जग्गामा उक्त व्यक्तिको हक पुग्ने हो भनि मान्न मिल्ने होइन । वादीको कि.नं. २२१ को जग्गा मिति २०२३।८।१२।२ मा नै प्रतिवादीको पति वावु तिलक सहनीको नाममा दर्ता भै जग्गा धनीदर्ता प्रमाण पुर्जा समेत प्राप्त गरेको स्थिति छ । फिरादलेखबाट नै २०३७ सालमा मात्र वादीको वावु तिलक भन्ने भोला सहनीको मृत्यु भएको भन्ने देखिन्छ । आफ्नो हक लाग्ने जग्गा भए वादीका वावुले नै यथासमयमा प्रतिवादीको पति वावुको नामको दर्ता वदर गराई आफ्नो हक कायम गराउनु सक्ने स्वाभाविक स्थितिको विद्यमानता हुँदा हुदैं २०२३ सालमा दर्ता भएको जग्गाको विषयलाई वावुको मृत्यु पश्चात २०५१ सालमा सोही दर्ता वदर तर्फ लिएको दावीलाई कानून संगत भएको मान्रन नसकिने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6711 |
|---|---|
| मुद्दाको विषय | निर्णय वदर वण्डा वदर गर्दा वदर |
| निर्णय वर्ष / मिति | 2055/06/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6711 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
