नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6691 · वि.सं. २०५६
नि.नं. 6691 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत वारदातमा मर्ने पवित्रा कुमारी पाण्डेको काखमा रहेकी भन्ने देखिनेमा निजलाई खुकुरी प्रहार गर्द छोरीलाई समेत लाग्न सक्ने अवस्था रहेको देखिन्छ । त्यस्तोमा खुकुरी प्रहार गरेकोमा मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. ले भवितव्य र ऐ. १४ नं ले आवेशप्रेरित हत्या हुन सक्ने अवस्था रहेको पनि देखिदैन । तसर्थ आरोपित कसुरमा प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) नं. ले सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्याएको शुरु झापा जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत इलामको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र. नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6691 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2055/05/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6691 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
