सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १६९ / ४४०

नि.नं. 7483वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषण समेत

§ कानूनत: मोही कायम व्यक्तिलाई सर्जमिनको आधारमा मात्र अन्यथा हो भन्न नमिल्ने । § मोहियानी हकको पक्का श्रोत भनेको मोहियानीको प्रमाणपत्र हुने हुँदा प्रमाणपत्रवाला मोहीले दिएको निवेदनअनुसार जग्गा वांडफांड गर्न नमिल्ने भन्न नमिल्ने । § भूमीसम्बन्धी ऐन, २०२१ को दफा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7482वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश समेत ।

§ कार्यसम्पादन मूल्यांकन अनधिकृत व्यक्तिवाट भएको अवस्थामा त्यस्तो कार्यसम्पादन मूल्यांकनले मान्यता प्राप्त गर्न नसक्नेमा सो आ.व. २०५७।५८ र २०५८।५९ को का.स.मु.लाई समेत मान्यता दिई वढुवाको प्रयोजनको लागि निवेदकको अँक गणना गरेको कुरा कानूनसम्मत भन्न नमिल्ने । (प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7481वि.सं. २०६२संयुक्त इजलास

उत्प्रेषणसमेत ।

§ कामदार कर्मचारी कटौती गर्न प्रतिष्ठान नै लिक्विडेशनमा लानुपर्ने कानूनी व्यवस्था श्रम ऐन, २०४८ को दफा १२ मा रहेको नपाइने । (प्रकरण नं.१८) § श्रम ऐन, २०४८ को दफा १२(१) ले विशेष परिस्थितिबश तीन महिना भन्दा बढी अवधिसम्म उत्पादन वा सेवामा कटौती गर्नुपर्ने समेतका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7480वि.सं. २०६२पूर्ण इजलास

जालसाज ।

§ अदालत व्यवस्थापन तथा न्याय प्रशासनसम्वन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐनको दफा २ को उपदफा (४) मा कहि पनि थाहापाएको मिति भन्ने वाक्यांश वा शब्द उल्लेख नै नभएको अवस्थामा संशोधन पूर्वको कीर्ते कागजको १८ नं. ले थाहापाएको मितिले मुद्दा दायर भएकोलाई हद म्याद भित्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7479वि.सं. २०६२पूर्ण इजलास

सट्टापट्टा ।

§ मनासिव कारणहरु आवश्यक नपर्ने भए लेनदेन व्यवहारको ३६ नं.मा “चित्त नबुझ्ने” ले भन्ने शब्दावली रहनुपर्ने पनि थिएन । चित्त बुझेन भन्ने वित्तिकै सो चित्त नबुझ्नाका मनासिव कारणहरु अनिवार्य हुनुपर्ने । § उल्लिखित शव्दावलीवाट घरको मुख्यले गरेको सट्टापट्टा निजले फिर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7478वि.सं. २०६२विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र ८८(२) बमोजिम संविधानसंग वाझिएको कानूनको प्रावधान अमान्य र बदर घोषित गरिपाऊँ ।

§ एउटै कसूरमा कसूर गर्ने र गराउन दुरुत्साहन गर्नेलाई फरकफरक सजायँको व्यवस्था कुनैपनि आधारमा औचित्यपूर्ण र विवेकसम्मत नदेखिने । (प्रकरण नं. १९) § ज्यानसम्वन्धीको २८ नं. विशुद्ध गर्भवती महिलालाई सजायं गर्ने व्यवस्था हो भने २८क र ३२ नं. महिला वा पुरुष जोकोहीलाई प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7477वि.सं. २०६२पूर्ण इजलास

कर्तव्यज्यान ।

§ पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहबाट हेरी निर्णय गरिसकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निःस्प्रभावी वनाउन नमिल्ने । § यस अदालतमा रीतपूर्वक परिरहेको प्रतिवादीको पुनरावेदनको रोहबाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएबाट साधकक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7476वि.सं. २०६१एक न्यायाधीशको इजलास

अ.वं. १५ वमोजिम वेरीतको आदेश वदर गरी पाउँ ।

§ पक्षले आफ्नो तर्फवाट आफ्नो सट्टामा उपस्थित हुन प्रतिनिधि खटाउन सक्ने अवस्थामा मात्र निजको तर्फवाट कुनै व्यक्ति उपस्थित हुने हो । त्यसैले यस अवस्थामा अ.वं. ६५(१) र नेपाल कानून व्यवसायी परिषद ऐन, २०५० को दफा २२(१) लाई एकसाथ राखेर संवद्धता र समग्रतामा हेर्नु प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7475वि.सं. २०६१संयुक्त इजलास

लागूऔषध ।

§ लागूऔषध बिक्री गरी नाफाको हिस्सा मत सल्लाहमा खाने कार्य गरेको देखिंदा र सोही अवस्थामा सबै गिरफ्तार भै यी प्रतिवादीहरु सबै संगठित रुपमा सर सल्लाहमा पसी लागूऔषध खरिद गर्ने, ओसार पसार, बिक्री वितरण गर्ने कार्य गरेको हुँदा अपराधिक कार्यलाई प्रतिवादी पिच्छे अलग अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7474वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरी गरी पाउँ ।

§ मिति ०४३।३।२७ देखि स्थायी कर्मचारीको रुपमा निरन्तर कार्य गरी आएको कर्मचारीलाई व्यक्तिगत विवरण भराउने प्रयोजनको निम्ति सक्कल स्थायी नियुक्ति पत्र पेश गर्न नसकेको तथा कार्यालयमा रहेको फाइलमा समेत शुरु नियुक्ति पत्र नभएको भनि मिति ०५८।५।१८ मा आएर कार्यरत कार्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7473वि.सं. २०६१संयुक्त इजलास

हक कायम गरी नामसारी गरी चलन चलाई पाउँ ।

§ मृतक जनकाको मृत्यु भइसकेपछि निजकी छोरी जगरानीको मृत्यु भएको अबस्थामा मृतक जनकाको कानून बमोजिम पाउने अपुताली निजकी छोरी जगरानीमा स्थापित नहुने र जगरानीको मृत्यु पश्चात निजको छोरा यी बादी पबितरामको सो अपुतालीमा हक कायम हुन नसक्ने भन्न मिल्ने अबस्था नहुने । (प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7472वि.सं. २०६१विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ बमोजिम संविधानसंग वाझिएको कानून अमान्य र बदर घोषित गर्दै समानताको हक प्रचलन गराईपाउँ ।

§ राज्यले कुनै कानून बनाउनु र लागू गर्नुको पछाडि कुनै खास उद्देश्य वा प्रयोजन रहन्छ। देशका भिन्न भिन्न समुदाय, वर्ग वा समूहको समस्या समाधान गर्न वा आवश्यकता पुरा गर्न भिन्न भिन्न कानूनहरुको निर्माण हुनु आवश्यक र स्वभाविक हुने । (प्र.नं. १८) § विधायिकाले कानून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7471वि.सं. २०६१विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) वमोजिम वाझिएको कानून अमान्य र वदर घोषित गरी पाउँ ।

§ समानताको हक निरपेक्ष नभएको र विभिन्न अवस्थामा विवेकसम्मत वर्गीकरणद्वारा संबैधानिक उद्देश्य पूर्तिका लागि आवश्यक परेको कानून निर्माण गर्न नसकिने अवस्था देखिन नआउने । § वातावरण संरक्षण प्रयासको लागी १५ वर्ष पूरा भएका सवारी साधनलाई एक वर्गमा राखी काठमाण्डौ उपत्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7470वि.सं. २०६१पूर्ण इजलास

उत्प्रेषण, परमादेश समेत ।

§ प्रशासन सेवा प्रशासन समूह अन्तर्गतको सहायक प्रशासकीय अधिकृत र प्रशासन सेवा लेखा समूहको सहायक लेखा अधिकृतको काम, कर्तव्य र अधिकार नै फरक फरक हुने भएकोले नेपाल दूरसंचार संस्थान विनियमावली, २०५४ को विनियम ३५(१) को व्यवस्थालाई गलत व्याख्या गरी प्रशासन सेवा प्रशा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7469वि.सं. २०६१विशेष इजलास

बेरीतको दरपीठ आदेश बदर गरी पाऊँ ।

§ धारा ११५ को उपधारा (८) मा संकटकालीन अवस्थामा निलम्बन गर्न सकिने धाराहरु उल्लेख गर्नुको अर्थ उक्त उपधारा (८) मा उल्लेख भएका धाराहरु मात्र निलम्बन हुन सक्ने र उपधारा (८) मा उल्लेख भएका धाराहरु बाहेक भाग ३ का अन्य कुनै पनि धाराहरु निलम्बन हुन सक्दैन भन्ने स्वतः…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7468वि.सं. २०६१संयुक्त इजलास

वन्दीप्रत्यक्षीकरण ।

§ गिरफ्त्तार गरेको समयवाट २४ घण्टा भित्र कुनै मुद्दा हेर्ने अधिकारी समक्ष निवेदकलाई प्रस्तुत गरी त्यस्तो मुद्दा हेर्ने अधिकारीको अनुमतीले थुनामा राखिएको भन्ने उल्लेख नभएको हुंदा निवेदक न्यायिक हिरासत Judicial Custody मा रहेको नभइ निवारक नजरवन्द अर्थात Preventi…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7467वि.सं. २०६१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण ।

§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११५(८) को प्रतिवन्धात्मक वाक्यांशले वन्दीप्रत्यक्षीकरणको उपचार प्राप्त गर्ने हक निलम्बन नगरिने स्पष्ट संवैधानिक प्रत्याभूति भएको अबस्थामा वन्दीप्रत्यक्षीकरण एउटा स्वतन्त्र संवैधानिक व्यवस्था भएको स्पष्ट हुन आएको हुंदा य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7466वि.सं. २०६१संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ लक्षित व्यक्ति उपर कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्को अनिच्छित व्यक्ति उपर भएमा पनि सोही अपराध मानिने । § एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्को अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अबस्थामा कर्ताको आपराधिक मनसाय समाप्त भएको मान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7465वि.सं. २०६१संयुक्त इजलास

अंश ।

§ यस मुद्दामा निरोपण गरिनु पर्ने बिबादको बिषय बस्तु अघि परेको अंश मुद्दामा नरहेको अवस्थामा अघि परेको अंश मुद्दामा भएको फैसलाको आधारमा प्रस्तुत मुद्दामा अ.वं. ८५ नं. आकर्षित नहुने । (प्र.नं. १४) § बादीको एकासगोलको अंशियारको मृत्युपछि निजको नाममा रहेको सम्पति नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7464वि.सं. २०६१संयुक्त इजलास

जालसाजी ।

§ कुनै पनि क्रिया जालसाजी ठहर्नको लागि दावीकर्ताको स्थापित अधिकार (Perfect right) अपहरित भएको हुनुपर्ने । § प्रस्तुत मुद्दामा वादीले आफ्नो जुन हक विवादीत २०५५।१०।१ को मिलापत्रवाट अपहरित भयो भनि दावी लिएको हो त्यो हक निजको Perfect right नभई संयोगिक किसिमको हक (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7463वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण ।

§ आफ्नै कम्पनीको शाखा कार्यालयवाट आफु समक्ष भएको तेश्रो पक्षको वीमा सम्वन्धको क्षतिपूर्तिको रकम दिलाई भराई दिन अन्तिम स्वीकृतीको लागी निवेदक कम्पनीमा प्राप्त भएकोमा अगाडि भएका दोहोरो पत्राचारको कुनै हेक्का नै नगरी तथा आफ्नो मातहत शाखा कार्यालयले पिडित पक्षलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7462वि.सं. २०६१संयुक्त इजलास

अंश ।

§ निजी आर्जन गरेको सम्पत्ति वण्डा नलाग्ने हुन्छ । तर प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरु मानो छुट्टिएको तथ्य स्थापित भएको अवस्था छैन । यसरी सगोलको अवस्थामा परिवारको सामुहिक प्रयासले झोरा जग्गा आवाद गरेको देखिंदा त्यस्तो झोरा जग्गा कुनै अंशियारको नाउँमा दर्ता ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7461वि.सं. २०६१संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ अ.वं. १८८ नं. को कानूनी व्यवस्था हेरिंदा ‘ऐनले सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो की भन्न हुने सम्मको शङ्काले वा अपराध गरेको अवस्था बिचार गर्दा कसूरदारलाई ऐन बमोजिम सजाँय दिंदा चर्को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7460वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ बाँकी रकम असुल गराई पाउँ भन्ने मुद्दाको वादीले उक्त मुद्दाका प्रतिवादी प्रेम गुरुङ्गको एकासगोलका बावुको नाउँको जग्गा रोक्का राखी पाउँ भनी दिएको निवेदनका आधारमा दावीका जग्गाहरु रोक्का भएको देखिन्छ । रोक्का भएको जग्गाहरुमा सो मुद्दाका प्रतिवादी अर्थात निवेदकका…

नजिर सार पढ्नुहोस् →