नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7473 · वि.सं. २०६१

नि.नं. 7473 — हक कायम गरी नामसारी गरी चलन चलाई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतक जनकाको मृत्यु भइसकेपछि निजकी छोरी जगरानीको मृत्यु भएको अबस्थामा मृतक जनकाको कानून बमोजिम पाउने अपुताली निजकी छोरी जगरानीमा स्थापित नहुने र जगरानीको मृत्यु पश्चात निजको छोरा यी बादी पबितरामको सो अपुतालीमा हक कायम हुन नसक्ने भन्न मिल्ने अबस्था नहुने । (प्र.नं. १४) § प्रतिबादीले देखाएको पुस्तेवारी अनुसार यी प्रतिबादी जनकाको तीन पुस्ता भित्रकै भतिजा नाताको ब्यक्ति भएको भन्ने देखिन्छ । उपरोक्त ब्यहोरालाई बादीले यस अदालतमा दिएको पुनराबेदन पत्रमा अन्यथा भनी जिकिर लिन सकेको देखिदैन । यस स्थितिमा जनका अहिरको स्याहार संभार र मरे पछि काजकृया समेत यी प्रतिबादी श्यामलालले गरेको भन्ने मान्नु पर्ने । § अपुतालीको ११ नं. को ब्यबस्था अनुसार प्रतिबादी श्यामलाल अहिरले जनका अहिरको पालन पोषण र काजकृया समेत गरेको आधारमा मर्ने जनका अहिरको नाममा रहेको बिवादित जग्गाहरुमा आधा स्याहार संभार गर्ने भतिजा नाताका हकवाला यी प्रतिबादी श्यामलालको हक स्थापित हुने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7473
मुद्दाको विषयहक कायम गरी नामसारी गरी चलन चलाई पाउँ ।
निर्णय वर्ष / मिति2061/10/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश  श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7473
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्