नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7482 · वि.सं. २०६२

नि.नं. 7482 — उत्प्रेषणयुक्त परमादेश समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कार्यसम्पादन मूल्यांकन अनधिकृत व्यक्तिवाट भएको अवस्थामा त्यस्तो कार्यसम्पादन मूल्यांकनले मान्यता प्राप्त गर्न नसक्नेमा सो आ.व. २०५७।५८ र २०५८।५९ को का.स.मु.लाई समेत मान्यता दिई वढुवाको प्रयोजनको लागि निवेदकको अँक गणना गरेको कुरा कानूनसम्मत भन्न नमिल्ने । (प्रकरण नं. १७) § रिट निवेदकको कुनै गल्तीको कारण नभै कार्यसम्पादन मूल्यांकन गर्ने पदाधिकारीहरुको त्रुटिपूर्ण एबं कानून विपरीतको कामकारवाही अर्थात निवेदकको उक्त दुई आर्थिक वर्षको त्रुटिपूर्ण कार्यसम्पादन मूल्यांकनलाई बढुवा समितीले मान्यता दिएकै कारण निवेदक वढुवा सिफारिसमा नपरेको अवस्था देखिदा निवेदकलाई पनि सो वढुवामा सामेल गर्नु भनी लोकसेवा आयोग समेतका विपक्षीहरुका नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7482
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश समेत ।
निर्णय वर्ष / मिति2061/08/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7482
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्