नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7478 · वि.सं. २०६२

नि.नं. 7478 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र ८८(२) बमोजिम संविधानसंग वाझिएको कानूनको प्रावधान अमान्य र बदर घोषित गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटै कसूरमा कसूर गर्ने र गराउन दुरुत्साहन गर्नेलाई फरकफरक सजायँको व्यवस्था कुनैपनि आधारमा औचित्यपूर्ण र विवेकसम्मत नदेखिने । (प्रकरण नं. १९) § ज्यानसम्वन्धीको २८ नं. विशुद्ध गर्भवती महिलालाई सजायं गर्ने व्यवस्था हो भने २८क र ३२ नं. महिला वा पुरुष जोकोहीलाई पनि लागू हुने सजायँको व्यवस्था हो । त्यसैले यसलाई लैङ्गिक दृष्टिले भेदभावपूर्ण भन्न मिल्ने अवस्था छैन तर त्यही गर्भपतनको अपराधमा गर्भवती महिलालाई बढी सजायं र सो कार्य गर्न दुरुत्साहन गर्ने अन्य पुरुष वा महिलालाई कम सजायं हुने व्यवस्था भेदभावपूर्ण देखिने । § अपराधको गम्भिरता अनुसार गर्भवती महिला बाहेकका अन्य कसूरदारलाई तोकिएको सजायँ कम नै देखिन्छ । त्यसलाई गर्भवती महिलालाई हुने सजायँ सरह नै कायम गर्न उपयुक्त र विवेकसम्मत देखिने । (प्रकरण नं.२२) § २८ नं. मा भएको सजायंसम्बन्धी व्यवस्था सापेक्षितरुपमा उपयुक्त नै हुँदा सो ब्यबस्थासंग सामाञ्जस्य हुने गरी २८क र ३२ नं.को कानूनी ब्यबस्थालाई आवश्यक संशोधन गर्नु वा गर्भपतन सम्बन्धी अपराधमा सजायँसम्बन्धी उपयुक्त कानूनी व्यवस्था गर्नु भनी विपक्षी मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयका नाउँमा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.२३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7478
मुद्दाको विषयनेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) र ८८(२) बमोजिम संविधानसंग वाझिएको कानूनको प्रावधान अमान्य र बदर घोषित गरिपाऊँ ।
निर्णय वर्ष / मिति2061/11/13
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7478
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्