नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7479 · वि.सं. २०६२
नि.नं. 7479 — सट्टापट्टा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मनासिव कारणहरु आवश्यक नपर्ने भए लेनदेन व्यवहारको ३६ नं.मा “चित्त नबुझ्ने” ले भन्ने शब्दावली रहनुपर्ने पनि थिएन । चित्त बुझेन भन्ने वित्तिकै सो चित्त नबुझ्नाका मनासिव कारणहरु अनिवार्य हुनुपर्ने । § उल्लिखित शव्दावलीवाट घरको मुख्यले गरेको सट्टापट्टा निजले फिर्ता लिनदिन सक्नेसम्म देखिन आएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नै छैन, घरको मुख्यले गरेको सट्टापट्टामा लेनदेन व्यवहारको ३६ नं. ले निजलाई पुनः फिर्ता दिने भन्ने विधिकर्ताको मनसाय होइन भन्ने प्रतिउत्तर जिकिर एवं प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीको वहस मनासिव नदेखिने । § आफ्नो एकाघरको छोराको नाममा रहंदाको अवस्थामा खेती भोगचलन गरी आएको जग्गाको प्रकृतिको वारेमा यी वादीलाई थाहा जानकारी थिएन होला भन्न सकिने अवस्था नदेखिदा फिरादीले फिरादमा उल्लेख गरेका कारणहरु मनासिव र तथ्यपरक हुन् भन्न नसकिने । (प्रकरण नं.१८ र १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7479 |
|---|---|
| मुद्दाको विषय | सट्टापट्टा । |
| निर्णय वर्ष / मिति | 2062/01/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री हरिजङ्ग सिजापती | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग मतैक्य नहुंदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६१।६।७ को फैसला । | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय सदर हुनु पर्छ भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुनु पर्छ भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुने । ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7479 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
