नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7474 · वि.सं. २०६१

नि.नं. 7474 — उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिति ०४३।३।२७ देखि स्थायी कर्मचारीको रुपमा निरन्तर कार्य गरी आएको कर्मचारीलाई व्यक्तिगत विवरण भराउने प्रयोजनको निम्ति सक्कल स्थायी नियुक्ति पत्र पेश गर्न नसकेको तथा कार्यालयमा रहेको फाइलमा समेत शुरु नियुक्ति पत्र नभएको भनि मिति ०५८।५।१८ मा आएर कार्यरत कार्यालयमा हाजिर गर्न नदिने भनि निर्णय गर्नु कानूनसंगत नहुनुका साथै उचित नदेखिने । § निजामती सेवा ऐन, २०४९ को दफा २४ङ मा आफ्नो कार्यालयमा कार्यरत निजामती कर्मचारीको वैयक्तिक विवरण दुरुस्त राख्ने जिम्मेवारी कार्यालय प्रमुखको हुनेछ भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको कुरालाई ध्यान नदिई कर्मचारीका साथै आफूले समेत सुरक्षित गरी राख्नुपर्ने कर्मचारीको स्थायी नियुक्ति पत्र कार्यालयको फाइलमा नरहेको एवं मिति ०४७ सालमा कार्यालय स्थानान्तरण हुँदा हराएको हुन सक्ने भनि गैर जिम्मेवारीपूर्ण कुरा गरी पन्ध्र वर्ष देखि निरन्तर स्थायी कर्मचारीको रुपमा कार्यरत कर्मचारीलाई कार्यालयमा हाजिर गर्न नदिने भनि निर्णय गर्नु कानून विपरीत समेत हुने । (प्र.नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7474
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरी गरी पाउँ ।
निर्णय वर्ष / मिति2061/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री बलराम के. सी.
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7474
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्