नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7477 · वि.सं. २०६२
नि.नं. 7477 — कर्तव्यज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहबाट हेरी निर्णय गरिसकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निःस्प्रभावी वनाउन नमिल्ने । § यस अदालतमा रीतपूर्वक परिरहेको प्रतिवादीको पुनरावेदनको रोहबाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएबाट साधकको रोहबाट हेरी पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको संयुक्त इजलासको फैसला स्वतः वदर हुने । (प्रकरण नं.२४) § मृतकले प्रहार गर्न लागेको भनेको चुप्पी कहां गयो, के भयो सो कुरा समेत देखाउन सकेको अवस्था नहुंदा अदालतमा भएको एकतर्फी वयानकै भरमा वयान व्यहोरा सत्य सावित रहेछ भनी अनुमान गर्न नमिल्ने । § संकलित सवूद प्रमाण र प्रतिवादीको साविती वयान समेतबाट मृतक र प्रतिवादीका बीच पूर्व चिनाजान, रिषइवी अवादत रहेको देखिन नआउदा योजनावद्ध (Pre Plan) रुपमा मृतकलाई कर्तव्य गरी मार्नमा लागेको भन्ने समेत देखिन नआउने । (प्रकरण नं.२५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7477 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्यान । |
| निर्णय वर्ष / मिति | 2061/06/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री अनूपराज शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7477 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
