नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7470 · वि.सं. २०६१

नि.नं. 7470 — उत्प्रेषण, परमादेश समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रशासन सेवा प्रशासन समूह अन्तर्गतको सहायक प्रशासकीय अधिकृत र प्रशासन सेवा लेखा समूहको सहायक लेखा अधिकृतको काम, कर्तव्य र अधिकार नै फरक फरक हुने भएकोले नेपाल दूरसंचार संस्थान विनियमावली, २०५४ को विनियम ३५(१) को व्यवस्थालाई गलत व्याख्या गरी प्रशासन सेवा प्रशासन समूहको सहायक प्रशासकीय अधिकृत पदमा काम गरेको नोकरी अवधी समेतलाई गणना गरी लेखा समूहतर्फ काम गरेको कायम गर्नु तर्क संगत नहुने। § सहायक लेखा अधिकृत पदमा काम गरेको अवधि चार वर्ष नपुगेको अवस्थामा विनियम ३३(१) एवं विनियम ३५(१) विपरीत निवेदकलाई लेखा अधिकृत पदमा बढुवा निम्ति सम्भाव्य उम्मेदवार मान्न मिल्ने नदेखिंदा निजलाई बढुवा नगर्ने गरी भएको विपक्षी पदपूर्ति समितिद्वारा गोरखापत्रमा प्रकाशित बढुवा सिफारिश सम्बन्धी सूचना, निवेदकका सम्बन्धमा पदपूर्ति समितिवाट भएको निर्णय तथा सो सूचना तथा निणयमा चित्त नबुझाई निवेदकले दिएको उजुरीमा संचालक समितिवाट भएको निर्णय एवं तत्सम्बन्धी काम कारवाहीमा नेपाल दूर संचार संस्थान (कर्मचारी सेवा शर्त, सुबिधा तथा अन्य व्यवस्था) विनियमावली, २०५४ को त्रुटी वा उल्लंघन भएको नदेखिएकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी हुन नपर्ने। (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7470
मुद्दाको विषयउत्प्रेषण, परमादेश समेत ।
निर्णय वर्ष / मिति2061/12/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री अनुपराज शर्माको राय । | माननीय न्यायाधीश श्री अनुपराज शर्माको रायसँग सहमत हुन नसकेको हुँदा प्रस्तुत रिट निर्णयार्थ सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठको राय भएको यस अदालत संयुक्त इजलासको मिति २०६१।९।९ को आदेश । | माननीय न्यायाधीश श्री अनुपराज शर्माको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री शम्भु थापाले संस्थानद्वारा प्रकाशित विज्ञापनमा नै लेखा अधिकृत तह ७ को बढुवाको निम्ति संस्थानको प्रशासन सेवा समूहको लेखा उपसमूहको अधिकृत स्तर तह ६ मा ४ वर्ष स्थायी सेवा पूरा भएको हुनुपर्ने शर्त तोकिएकोछ । निवेदकले सहायक प्रशासकीय अधिकृतको पदवाट राजिनामा दिई मिति ०५७।११।१२ देखि सहायक लेखा अधिकृत पदमा नियुक्त भएकाले निवेदकको ०५९ साल आषाढ मसान्त सम्मको सेवा अवधि जम्मा १ वर्ष ४ महिना १९ दिन मात्र हुने भई सम्भाव्य उम्मेदवार नैं हुन नसक्ने स्पष्ट छ । नेपाल दूरसंचार संस्थान (कर्मचारी सेवा शर्त सुविधा तथा अन्य व्यवस्था) विनियमावली | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत  गर्नुभयो । | माननीय न्यायाधीश श्री अनुपराज शर्माको राय रहेको देखिन्छ भने माननीय न्यायाधीश श्री शारदा श्रेष्ठले निवेदकले प्रशासन सेवा प्रशासन समूहको छैठौं तहको सहायक प्रशासकीय अधिकृतको पदवाट मिति २०५७।११।१२ मा राजिनामा दिई सोही मितिवाट प्रशासन सेवा लेखा समुहको छैठौं तहको सहायक लेखा अधिकृत पदमा खुःल्ला प्रतियोगितावाट छानिई नियुक्ति पाएकोले निजलाई बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने योग्यता नपुगेको भन्ने आधारमा निजलाई तह ७ को लेखा अधिकृतको पदमा बढुवाको लागि सिफारिश नगर्ने गरी भएको निर्णय कानूनसम्मत भएकोले रिट निवेदन खारेज हुनुपर्ने राय व्यक्त गर्नु भएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7470
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्