नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7461 · वि.सं. २०६१

नि.नं. 7461 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.वं. १८८ नं. को कानूनी व्यवस्था हेरिंदा ‘ऐनले सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो की भन्न हुने सम्मको शङ्काले वा अपराध गरेको अवस्था बिचार गर्दा कसूरदारलाई ऐन बमोजिम सजाँय दिंदा चर्को हुने भै घटी सजाँय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाँय ठहराई आफ्नो चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुने । (प्र.नं. ३१) § अ.वं. १८८ नम्वर बमोजिम व्यक्त गरिएको रायलाई सो नं. लगायतका अन्य प्रचलित कुनै पनि कानूनी व्यवस्थाबाट अन्तिम निर्णय भन्ने मानेको पाइँदैन । सो व्यवस्थाको अन्तिम वाक्याँशमा ..अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ... भन्ने भएकाले एकातिर यो रायलाई अन्तिम निर्णय मान्न मिल्दैन भने अर्कोतिर यस्तो अधिकारलाई अदालतको स्वविवेकमा छाडिएको हुने । § अन्तिम निकाशा नै भै नसकेको तथा न्यायकर्ताको स्वविवेकीय अधिकार समेत उपर वादी श्री ५ को सरकारकोतर्फबाट पर्न आएको पुनरावेदनलाई उचित मान्न नमिल्ने भएकाले वादी श्री ५ को सरकारकोतर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन खारेज हुने । (प्र.नं. ३३) § एकातिर अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२)क. (१), (२) र (३) अनुसारको अवस्था रहेको भनी देखाउन र पुष्टी गर्न सकेको छैन भने अर्कोतिर अदालत समक्ष आइ गरेको बयानलाई समर्थन गर्नका लागि प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार पुर्‍याउनु पर्ने प्रमाण पेश दाखिल गरी पुष्टि गर्न सकेको पनि पाइँदैन । यसरी प्रतिवादीले कसूर गरेको भन्ने कुरा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानका अलावा मौकामा खडा भएका घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का, वरामदी मुचुल्का, शव परीक्षण प्रतिवेदन एवं विशेषज्ञले अदालत समक्ष गरेको वकपत्र समेतका आधारले पुष्टि गरेकै देखिंदा मुलुकी ऐन ज्यान सम्बन्धि महलको १ नम्वरको कसूरमा ऐ. १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने । (प्र.नं. ३४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7461
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2061/11/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7461
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्