नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7462 · वि.सं. २०६१

नि.नं. 7462 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजी आर्जन गरेको सम्पत्ति वण्डा नलाग्ने हुन्छ । तर प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरु मानो छुट्टिएको तथ्य स्थापित भएको अवस्था छैन । यसरी सगोलको अवस्थामा परिवारको सामुहिक प्रयासले झोरा जग्गा आवाद गरेको देखिंदा त्यस्तो झोरा जग्गा कुनै अंशियारको नाउँमा दर्ता गर्दैमा निजी आर्जनको भन्न नमिलि सामुहीक प्रयासले आर्जन गरेको सम्पत्तिमा सवै अंशियारको अंश हक समान रुपमा स्थापित हुने । § वादी प्रतिवादीहरु मानु छुट्टिई अलग अलग वसी आएको नदेखिएको, २०३४।९।२७ भन्दा अघिको सम्पत्ति रहे भएकोमा अंशवण्डाको ३० नं. बमोजिम उक्त मिति अगावै छुट्टिई भिन्न भै सो अनुसार दाखेल खारेज, विक्री व्यवहार गरी व्यवहार प्रमाणवाट अंश भिन्न भएको अवस्था समेत नरहेको समेतवाट यी पुनरावेदक वादी र प्रतिवादीहरु वीच अंशवण्डा भएको स्थिति नदेखिने । (प्र.नं. २२ र २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7462
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2061/01/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7462
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्