नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7476 · वि.सं. २०६१

नि.नं. 7476 — अ.वं. १५ वमोजिम वेरीतको आदेश वदर गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पक्षले आफ्नो तर्फवाट आफ्नो सट्टामा उपस्थित हुन प्रतिनिधि खटाउन सक्ने अवस्थामा मात्र निजको तर्फवाट कुनै व्यक्ति उपस्थित हुने हो । त्यसैले यस अवस्थामा अ.वं. ६५(१) र नेपाल कानून व्यवसायी परिषद ऐन, २०५० को दफा २२(१) लाई एकसाथ राखेर संवद्धता र समग्रतामा हेर्नु प्रयोग गर्नु र व्याख्या गर्नुपर्ने । § जमानत लाग्ने अवस्थामा अड्डाले अनुमति दिएमा मात्र वारेस राख्न सक्ने अवस्था देखिएको र कानून व्यवसायीले पनि आफ्नो पक्षको तर्फवाट उपस्थिति हुने कुरामा पक्षको मुद्दामा उपस्थित हुनका लागि विना अदालतको अनुमति निजलाई सो अधिकार हुन्छ भन्न नमिल्ने । (प्र.नं. २ र ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7476
मुद्दाको विषयअ.वं. १५ वमोजिम वेरीतको आदेश वदर गरी पाउँ ।
निर्णय वर्ष / मिति2061/12/02
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7476
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्