सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १६ / ४४०

नि.नं. 11158वि.सं. २०८०पूर्ण इजलास

उत्प्रेषण

विनियमावलीले सजायको प्रस्तावसम्म गर्न पाउने अख्तियारी प्रदान गरेको छानबिन अधिकारीले स्पष्टीकरणसमेत सोध्न पाउने भनी अर्थ गर्नु र उनाउ व्यक्ति (छानबिन अधिकारी) ले सोधेको स्पष्टीकरणको सन्तुष्टिमा अधिकारप्राप्त अधिकारीले सजायको निर्णय गर्नु विनियमावलीको व्यवस्थाका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11157वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

प्रमाणको मूल्याङ्कनको विषय रिट क्षेत्राधिकारको विषय नभए पनि प्रत्यक्ष देखिने समान अभियोग र सजायको माग भएको मुद्दामा कुनै प्रतिवादीका हकमा धरौट माग गरिनु र कुनै प्रतिवादीका हकमा थुनामा नै राख्ने आदेश गर्नुलाई औचित्यपूर्ण र न्यायसम्मत मान्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11155वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

अदालतबाट विवादको निरूपण भइसकेको सन्दर्भमा सरकारका सम्बद्ध निकायबाट सोको कार्यान्वयनको प्रतीक्षा गरेको कुरामा अनुचित विलम्ब नहुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11154वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

उपचार प्राप्तिको लागि रिट निवेदन दायर नगरेको भन्ने आधारमा मात्र एउटै संस्थानमा कार्यरत रही एकैपटक अवकाश पाएका समान स्तरका कर्मचारीमध्ये एकले सुविधा पाउने र अर्कोले सुविधा नपाउने भन्ने नहुने । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11153वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

कसुरका सम्बन्धमा व्यक्तिले कसुर गरेको देखिन्छ वा देखिँदैन भन्ने न्यायिक निष्कर्षमा पुग्नुपर्दा प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयान मात्र निर्णायक आधार बन्न नसक्ने । कुनै कसुरको अभियोग लागेको व्यक्ति आफूलाई लागेको अभियोगका सम्बन्धमा इन्कार रहनु सामान्य मा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11152वि.सं. २०८०संयुक्त इजलास

मूल्य अभिवृद्धि कर (०५५/०५६)

मुद्दाको पुनरावेदन अनुमतिको लागि दिइने निवेदन हदम्यादभित्र नपरेको अवस्थामा पुनरावेदनको अनुमति प्रदान भए पनि त्यस्तो पुनरावेदन कायम नरहने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11151वि.सं. २०८०संयुक्त इजलास

मोही नामसारी

मोहीले जग्गाको कुतबाली बुझाएमा भरपाई गरिदिनु र मोहीको मृत्युपश्चात् निजको हकदारमध्ये कुनै हकदारलाई मोही पत्याउनु पृथक् प्रयोजनमा गरिने कार्य भएकाले कुतबाली बुझाएको भरपाईको आधारमा मात्र मोहीमा पत्याएको मानी मोही हक स्थापित भएको मान्न नमिल्ने । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11150वि.सं. २०८०संयुक्त इजलास

अंश चलन

कानूनद्वारा हदम्याद तोकिएको अवस्थामा हदम्यादलाई अनदेखा गरी जहिलेसुकै पनि निवेदन दिने लिने र मुद्दाको सुनुवाइ गर्ने गरिएमा विधायिकाले तोकेको हदम्यादको अस्तित्व नै नरहने । हदम्यादको सिद्धान्त समयसीमामा आधारित हुने । हदम्यादको लागि समयतत्त्व नै महत्त्वपूर्ण हुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11149वि.सं. २०८०

जबरजस्ती करणी उद्योग

जबरजस्ती करणी उद्योगको वारदात स्थापित हुनका लागि पीडितलाई जबरजस्ती करणी गर्न लाग्दा पीडित स्वयं वा तेस्रो पक्षको हस्तक्षेप वा अन्य कुनै कारणले करणी गर्ने कार्य पूरा नभएको तर मनसाय तथा तयारीका साथ करणी गर्न प्रयत्नशील रहेको अवस्था हुनुपर्ने । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11148वि.सं. २०८०संयुक्त इजलास

अधिकार पत्र बदर

सिद्धान्ततः अधिकारपत्र अधिकार प्रत्यायोजन गर्ने र त्यस्तो प्रत्यायोजित अधिकारको प्रयोगलाई वैधानिकता दिने कानूनी साधन वा माध्यम (legal instrument) हो । अर्थात् अधिकारपत्र भन्नाले अधिकारपत्र दिनेवालाले प्रत्यायोजन गरेको अधिकारको परिधिभित्र रही निजलाई प्रतिनिधित्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11147वि.सं. २०८०संयुक्त इजलास

दूषित दर्ता बदर

प्रत्यर्थी र वादी स् उर्मिला श्रेष्ठसमेतको निवेदनले नेपाल सरकार, मालपोत कार्यालय, डिल्लीबजार काठमाडौं ऐनले नै पुनरावेदन लाग्ने सम्बन्धमा विशेष व्यवस्था गरी कुनै खास दफाअन्तर्गत भएका निर्णयमा मात्र पुनरावेदन लाग्ने व्यवस्था गरेकोमा अदालतले विधायिकाले कोरिदिएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11146वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

निर्दयतापूर्वक कसैले कसैलाई हारगुहार र भाग्न उम्कनसमेत नपाउने गरी पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिई जोखिमी हतियारले हानी, घोची, रोपी, करेन्ट लगाई, तेजाव खन्याई, आगो लगाई, विष खुवाई, मृतकलाई मानसिक पीडा पुग्ने काल्पनिक झुठा कुरा सुनाइ वा अरू कुनै तरिकाबाट मृतकला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11145वि.सं. २०८०संयुक्त इजलास

अंश चलन

बन्डापत्रमा अबन्डा भनी उल्लेख गरे पनि वा अबन्डा उल्लेख नगरे पनि विधिवत् रूपमा त्यस्तो सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेटिन नसक्ने । त्यस्तै योभन्दा बाहेक बन्डा गर्नुपर्ने सम्पत्ति बाँकी नरहेको र उप्रान्त बन्डा गर्न बाँकी छ भनी कहीँकतै उजुर नाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11144वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

मौलिक हक उपभोग गर्ने, रोजगार प्राप्त गर्ने, सार्वजनिक पद धारण गर्ने, राजनीतिक अधिकार उपभोग गर्ने, सामाजिक सुरक्षा प्राप्त गर्ने र मतदान गर्ने आदि विभिन्न मौलिक हकहरू राज्यले आफ्ना नागरिकलाई प्रदान गर्दछ । राजनीतिक हक नागरिकबाहेक अन्य व्यक्तिलाई प्राप्त हुँदैन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11143वि.सं. २०८०संयुक्त इजलास

लागु औषध (इन्जेक्सन)

एउटा व्यक्तिको नामको फोन सिम अर्को व्यक्तिले प्रयोग गर्नै नसक्ने भन्ने कुनै अकाट्य व्यवस्था रहेको नदेखिने । सहप्रतिवादीले उल्लेख गरेको फोन नम्बर प्रतिवादीको नाममा जारी भएको देखिएको एउटा मात्र आधारले प्रतिवादीउपरको कसुर प्रमाणित भएको मान्न नसकिने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11142वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

पुनरावेदन सुन्ने अदालतले नियमित न्यायिक प्रक्रियाबाट हेर्ने विषयमा अन्यथा पर्याप्त र मनासिब कारण विद्यमान नभएसम्म रिट क्षेत्राधिकारबाट हेर्न मनासिब नहुने । पुनरावेदन सुन्ने अदालतबाट प्रदान गरिने कानूनी उपचारको वैकल्पिक व्यवस्थाको रूपमा रिट क्षेत्राधिकारलाई प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11141वि.सं. २०८०संयुक्त इजलास

लिखत दर्ता बदर

वादी प्रतिवादीहरूका बिचमा अंशबन्डा नभएको अवस्थामा एकासगोलको सम्पत्ति अन्य व्यक्तिहरूलाई बेचबिखन गरी हक हस्तान्तरण गर्दा अन्य हकदारको समेत मन्जुरी लिनुपर्ने कानूनी व्यवस्था रहे भएकोमा वादीको मन्जुरी नलिई पुनरावेदक प्रतिवादीले राजीनामा पारित गरिदिएको लिखतमध्ये व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11140वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

फरक उमेरावस्था रहेका पीडित र प्रतिवादीलाई गाउँघरमा सामान्य रूपमा बज्यै नाति नाता लगाई पुकार गर्ने प्रचलन सामान्य रूपमा कायम रहेको पाइने । यस दृष्टिबाट, पीडित र प्रतिवादी बज्यै नाति नाता सम्बन्ध रहेको भन्नुको तात्पर्य निजहरू आफ्नै वंशका बज्यै नाति नाता सम्बन्धक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11139वि.सं. २०८०संयुक्त इजलास

बकसपत्र बदर

बकस दिँदा आफ्नो हक नपुग्ने सम्पत्तिमा सगोलका अन्य अंशियार वा हकवालाहरूको मन्जुरीनामा लिई वा निजहरूलाई साक्षी राखी बकस प्राप्त गरेमा मात्र पक्का हुने । अंशियार तथा हकवालाको मन्जुरीनामा नलिई वा निजहरूलाई साक्षी नराखी गरेको बकसपत्र सदर नहुने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11138वि.सं. २०८०पूर्ण इजलास

अंश चलन

प्रत्यर्थीरवादी स् जिल्ला मोरङ, धरान नगरपालिका, वडा नं।५ बस्ने भगवानदास अग्रवाल निजी आर्जनको भनी पुष्टि भइसकेको सम्पत्ति र सगोलमा रहेको भनी दाबी गरिएका सम्पत्तिहरू विभिन्न स्वरूपमा रही अस्तित्वसमेत भिन्नै रहने हुन्छ भने अस्तित्वसँगै उक्त सम्पत्तिहरूको मोल पनि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11137वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेश

प्राकृतिक न्यायको सिद्धान्तले मूलतः दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्नुपर्ने एवं निर्णयबाट असर पुग्ने पक्षको समेत राय प्रतिक्रिया लिएर मात्र निर्णय गर्नुपर्ने भन्ने मान्यता राख्दछ । सामान्यतयाः न्यायिक तथा अर्धन्यायिक निकायले यसको पूर्ण परिपालना गरेकै हुनुपर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11136वि.सं. २०८०संयुक्त इजलास

बोक्सीको आरोप (अमानवीय व्यवहार)

पुरानो समयदेखि हाम्रो समाजमा सुनिने बोक्सीको आरोप आजपर्यन्त सुनिनु/देखिनु र बोक्सीको आरोप लगाई कुटपिट गरिने निन्दनीय कार्यलाई कुनै पनि तर्क वा बहानामा स्वीकार्य मान्न नसकिने । परिवार वा समाजमा आर्थिक वा सामाजिक रूपमा कमजोर रहेका मूलत: महिलामाथि बोक्सी शब्द प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11135वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेश

चेक अनादरको विषय हाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) अन्तर्गतको कसुरको साथै विनिमेय अधिकार पत्र ऐन, २०३४ को दफा १०७क. अन्तर्गतसमेत व्यक्तिवादी फौजदारी मुद्दा चल्ने व्यवस्था रहेकोमा चेक अनादर मुद्दामा व्यक्ति व्यक्ति हुँदा मिलापत्र हुन सक्ने । संस्थाक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11134वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

पर्याप्त रूपमा सुसूचित भएर निर्णय गर्न सक्ने परिपक्वता नाबालिगमा रहेको नहुने । नाबालकमा यौनसम्पर्कको जोखिम र परिणामको पर्याप्त बुझाइ र मूल्याङ्कन गर्ने क्षमताको समेत कमी रहने । नाबालकको यौन शोषण भएको अवस्थामा सुरक्षात्मक भूमिका खेली यौन शोषकबाट बचाउन र सहमतिमा…

नजिर सार पढ्नुहोस् →