नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11148 · वि.सं. २०८०
नि.नं. 11148 — अधिकार पत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
सिद्धान्ततः अधिकारपत्र अधिकार प्रत्यायोजन गर्ने र त्यस्तो प्रत्यायोजित अधिकारको प्रयोगलाई वैधानिकता दिने कानूनी साधन वा माध्यम (legal instrument) हो । अर्थात् अधिकारपत्र भन्नाले अधिकारपत्र दिनेवालाले प्रत्यायोजन गरेको अधिकारको परिधिभित्र रही निजलाई प्रतिनिधित्व गर्दै जे कार्य गर्नुभनेको छ सोही कार्य गर्नु भन्ने बुझिने । विशेष गरी अधिकारपत्र कुनै निश्चित काम, प्रयोजन र समयावधि किटान गरी दिइने र त्यस्तो काम र प्रयोजन वा अवधि समाप्त भएमा, खास घटना वा अवस्था पूरा भएमा, काम हुनुभन्दा अघि नै अधिकारपत्र दिने वा लिनेको मृत्यु भएमा, सम्बन्धित काम गर्नु नपर्ने अवस्था आएमा अधिकारपत्रको कानूनी हैसियत शून्य भएर जाने । (प्रकरण नं. २) अधिकारपत्र गरिदिने व्यक्तिको मृत्यु भएको अवस्थामा त्यस्तो व्यक्तिले गरिदिएको अधिकारपत्र जीवित नरहने र कानूनी मान्यता शून्य भएर जाने । त्यस्तो अधिकारपत्रले अधिकारपत्र दिनेवालाको मृत्युपछि सक्रिय रही कुनै हक अधिकार सिर्जना गर्ने सामर्थ्य नराख्ने । अधिकारपत्र दिनेवालको मृत्युपश्चात् शून्यतामा गएको अधिकारपत्रले मृत्यु भइसकेको कुनै व्यक्तिको सम्पत्तिमा हक स्थापित गर्न नसक्ने हुँदा शेषपछि लागु हुने गरी सम्पत्तिमाथिको हक हस्तान्तरण अधिकारपत्रमार्फत गर्न नमिल्ने । (प्रकरण नं. ३) अधिकारपत्रको कानूनी मान्यता लिखत गरी दिने कर्ताको मृत्यु भएपश्चात् स्वत: शून्य भएर जाने । शेषपछिको बकसपत्र लिखतकर्ता वा बकसपत्रदाताको मृत्युपछि क्रियाशील हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11148 |
|---|---|
| मुद्दाको विषय | अधिकार पत्र बदर |
| निर्णय वर्ष / मिति | 2079/07/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७३-CI-०२३३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11148 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
