नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11140 · वि.सं. २०८०

नि.नं. 11140 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

फरक उमेरावस्था रहेका पीडित र प्रतिवादीलाई गाउँघरमा सामान्य रूपमा बज्यै नाति नाता लगाई पुकार गर्ने प्रचलन सामान्य रूपमा कायम रहेको पाइने । यस दृष्टिबाट, पीडित र प्रतिवादी बज्यै नाति नाता सम्बन्ध रहेको भन्नुको तात्पर्य निजहरू आफ्नै वंशका बज्यै नाति नाता सम्बन्धका व्यक्ति रहेको भनी अर्थ गरिहाल्न भने सो तथ्य सबुद प्रमाणबाट पुष्टि भएको हुनुपर्ने । (प्रकरण नं. ८) अभियुक्तउपरको प्रत्येक कसुर शंकारहित तवरले पुष्टि भएमा मात्र अभियुक्त सो कसुरमा कसुरदार ठहर हुने हो । अभियुक्तउपरको अनुमान र अपुष्ट कथनको आधारमा कसुर स्थापित हुन नसक्ने । शंका र अनुमान जतिसुकै प्रबल भए पनि यसलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । प्रतिवादीउपरको अभियोग दाबी सप्रमाण पुष्टि हुन नसकेको अवस्थामा पीडितले वा जाहेरवालाले भनेको, अभियोग पत्रमा पीडित र प्रतिवादी हाडनाता सम्बन्धको व्यक्ति रहेको भन्ने उल्लेख भएका जस्ता आधारमा मात्र कसुरदारलाई थप सजाय गर्न न्यायसम्मत नहुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11140
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2079/06/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०७८-CR-१२२४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11140
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्