नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11144 · वि.सं. २०८०
नि.नं. 11144 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
मौलिक हक उपभोग गर्ने, रोजगार प्राप्त गर्ने, सार्वजनिक पद धारण गर्ने, राजनीतिक अधिकार उपभोग गर्ने, सामाजिक सुरक्षा प्राप्त गर्ने र मतदान गर्ने आदि विभिन्न मौलिक हकहरू राज्यले आफ्ना नागरिकलाई प्रदान गर्दछ । राजनीतिक हक नागरिकबाहेक अन्य व्यक्तिलाई प्राप्त हुँदैन । नागरिकता व्यक्तिको व्यक्तिगत पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय हुँदा सारभूतरूपमा नागरिक हो भन्ने देखिएको स्थितिमा कार्यविधिको स-सानो अत्तो थापेर समस्यामा पार्नु न्यायपूर्ण नहुने । (प्रकरण नं. ७) कानूनबमोजिम अधिकारप्राप्त अधिकारीद्वारा आफ्नो कानूनी कर्तव्य पूरा गर्नुपर्ने । सो नगर्नु समानता विरूद्ध मात्र होइन समन्यायको समेत बर्खिलाप हुने । निवेदकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भनेबाट विपक्षी कार्यालय आफैँ संवेदनशील भई सो विषयवस्तुलाई हेर्नु वाञ्छनीय देखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11144 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2079/08/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना |
| मुद्दा नं. | ०७८-WO-१२०१ | ०६७-WO-०७०३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11144 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
