नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11153 · वि.सं. २०८०

नि.नं. 11153 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसुरका सम्बन्धमा व्यक्तिले कसुर गरेको देखिन्छ वा देखिँदैन भन्ने न्यायिक निष्कर्षमा पुग्नुपर्दा प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयान मात्र निर्णायक आधार बन्न नसक्ने । कुनै कसुरको अभियोग लागेको व्यक्ति आफूलाई लागेको अभियोगका सम्बन्धमा इन्कार रहनु सामान्य मानवीय स्वभावभित्रै पर्ने । कसैले आफूलाई लागेको आरोप हत्तपत्त स्वीकारी नहाल्ने । कसैले आफू विरूद्ध लागेको आरोप स्वीकार गरेन भने होइन, स्वीकार गर्‍यो भने यो पक्ष विचारणीय हुने । (प्रकरण नं. ३) सामान्य ज्ञानको विषयभित्र पर्ने कुनै कार्यको परिणामस्वरूप सोको नतिजाका रूपमा कुनै घटना घट्छ भने त्यो निजले चाहेरै गरिएको मानिन्छ र सो घटना घटाउने निजको चाहना मनसाय तत्त्व हुन्छ । कहिलेकाहीँ चाहना एउटा तर परिणाम अर्कै हुन पनि सक्दछ । यस्तो हो भने मात्र त्यो कार्य मनसाययुक्त नभई भवितव्यजन्य कार्य हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11153
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/11/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७५-CR-०८१५ | ०७५-CR-१२५४
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11153
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्