नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11136 · वि.सं. २०८०
नि.नं. 11136 — बोक्सीको आरोप (अमानवीय व्यवहार)
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुरानो समयदेखि हाम्रो समाजमा सुनिने बोक्सीको आरोप आजपर्यन्त सुनिनु/देखिनु र बोक्सीको आरोप लगाई कुटपिट गरिने निन्दनीय कार्यलाई कुनै पनि तर्क वा बहानामा स्वीकार्य मान्न नसकिने । परिवार वा समाजमा आर्थिक वा सामाजिक रूपमा कमजोर रहेका मूलत: महिलामाथि बोक्सी शब्द प्रयोग गरी गरिने गाली गलौज वा कुटपिटसमेतका कार्यलाई त्यो परिवार वा समाजले महिलामाथि गर्ने हिंसा मान्नुपर्ने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11136 |
|---|---|
| मुद्दाको विषय | बोक्सीको आरोप (अमानवीय व्यवहार) |
| निर्णय वर्ष / मिति | 2079/09/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७२-CR-०२६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11136 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
