नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11147 · वि.सं. २०८०

नि.नं. 11147 — दूषित दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रत्यर्थी र वादी स् उर्मिला श्रेष्ठसमेतको निवेदनले नेपाल सरकार, मालपोत कार्यालय, डिल्लीबजार काठमाडौं ऐनले नै पुनरावेदन लाग्ने सम्बन्धमा विशेष व्यवस्था गरी कुनै खास दफाअन्तर्गत भएका निर्णयमा मात्र पुनरावेदन लाग्ने व्यवस्था गरेकोमा अदालतले विधायिकाले कोरिदिएको सीमारेखा बाहिर गई पुनरावेदन लाग्न नसक्ने विषयका निर्णयमा समेत पुनरावदेन सुनी निर्णय गर्नु अदालतको क्षेत्राधिकारसम्बन्धी स्वीकार्य मान्यताको विपरीत हुने । आफ्नो क्षेत्राधिकार नभएको विषयमा अदालतले उजुरी वा पुनरावेदन सुनी विवादको निरूपण गर्न मिल्ने र सक्ने स्थिति नहुने । ९प्रकरण नं।२० कानूनले पुनरावदेन गर्ने हक प्रदान नभएको अवस्थामा केवल निर्णयकर्ताले निर्णयमा पुनरावेदन गर्न जानु भनी उल्लेख गरेकै आधारमा पक्षको पुनरावेदनसम्बन्धी हक सिर्जना हुन नसक्ने । ९प्रकरण नं।३० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् अधिवक्ता श्री बद्री पाठक प्रत्यर्थी र वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11147
मुद्दाको विषयदूषित दर्ता बदर
निर्णय वर्ष / मिति2079/04/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री उमेशराज पौड्याल | माननीय न्यायाधीश श्री पदमराज भट्ट
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11147
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्