नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11138 · वि.सं. २०८०

नि.नं. 11138 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रत्यर्थीरवादी स् जिल्ला मोरङ, धरान नगरपालिका, वडा नं।५ बस्ने भगवानदास अग्रवाल निजी आर्जनको भनी पुष्टि भइसकेको सम्पत्ति र सगोलमा रहेको भनी दाबी गरिएका सम्पत्तिहरू विभिन्न स्वरूपमा रही अस्तित्वसमेत भिन्नै रहने हुन्छ भने अस्तित्वसँगै उक्त सम्पत्तिहरूको मोल पनि फरक हुने । यसबाट सगोलको सम्पत्ति अर्थात् सगोलको जग्गामा घर निर्माण गर्दा उक्त घरसमेत सगोलकै मानिएमा उक्त घर निर्माण गर्ने पक्षलाई अन्याय पर्न जाने । अलग अस्तित्व र मोल कायम भएको सम्पत्तिउपरको अधिकार पनि अलगअलग हुनसक्ने । निजी आर्जन गरेका वा निजी आर्जनबाट घर निर्माण गरेका पक्षले स्वस्फूर्त रूपमा आफ्नो निजी आर्जनको सम्पत्ति अन्य पक्षलाई हस्तान्तरण गरे वा आफ्नो स्वामित्व त्याग गरेमा मात्र स्वामित्वमा परिवर्तन आई उक्त सम्पत्ति सगोलको कायम हुनसक्ने हो । तर निजी आर्जन गरेको व्यक्तिले सो सम्पत्तिमा आफ्नो स्वामित्व त्याग नगरेसम्मको अवस्थामा उक्त सम्पत्ति निजी नै हुने । सगोलको सम्पत्तिमा घर निजी आर्जनको स्रोतबाट निर्माण भएको सप्रमाण पुष्टि भए घर निजी नै कायम हुने र सो पुष्टि हुन नसकेमा घर पनि सगोलकै कायम हुने । ९प्रकरण नं। २१० वादीका तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ता श्री राघवलाल वैद्य तथा विद्वान् अधिवक्ताद्वय श्री लक्ष्मण शर्मा न्यौपाने र श्री प्रदीपकुमार राजवंशीले वादी प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विश्वप्रकाश सिग्देल, श्री हरिहर दाहाल र श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री विमल ढकाल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11138
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/12/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझीको राय सदर  हुनेू भनी नरेन्द्र गोविन्द मुल्मी विरूद्ध कृष्ण मुल्मीसमेत भएको अंश मुद्दामा व्याख्या भएको
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11138
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्